पूर्वाञ्चल जागरण उत्सव इटहरीमा आयोजना हुने

  • फाल्गुन १८, २०७९
  • ४४० पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : तनाव व्यवस्थापन तथा क्षमता अभिवृद्धी सम्बन्धी साधनामुखी कार्यक्रम पुर्वाञ्चल जागरण उत्सव इटहरीमा आयोजना हुने भएको छ । जिवन विज्ञानका प्रशिक्षकहरुले हरेक २ वर्षमा महाकुम्भको रुपमा मनाउँदै आएको परिषद सम्मेलन पुर्वाञ्चल जागरण उत्सव इटहरी रङगशालामा आयोजना हुने कुरा इटहरीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

जिवन विज्ञान परिषद प्रदेश नम्बर १ ले आयोजना गरेको पत्रकार सम्मेलनका बीच इटहरी रंगशालामा हुने उक्त कार्यक्रममा स्वदेश तथा विदेशबाट ५ हजार बढी मानिसको सहभागिता रहने जानकारी गराइयो । पुर्वाञ्चल जागरण उत्सव इटहरीमा आयोजना हुनु इटहरीको लागी थप पहिचान स्थापित गराउने अवसर भएको इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले बताए । प्रमुख पौडेलले सो कार्यक्रममा कुनै कुराको कमी हुन नदिन इटहरी उपमहानगरपालिका अहोरात्र मेहनतका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

IMG-1422

सो अवसरमा पुर्व क्षेत्रमा रहेका विभिन्न जात जाती,भाषा ,धर्म र सम्प्रदायका मौलीक संस्कृतीमा आधारीत झाँकीहरु रहने जानकारी गराइएको छ । साथै कार्यक्रममा विभिन्न संघसंस्था,शैक्षीक प्रतिष्ठानका व्यानर सहीतको सहभागीता रहनेपनी सो अवसरमा जानकारी गराइयो । वर्तमान मानव समाजमा आवश्यक सहकार्य र चौतर्फी विकासको मुल्य अभिवृद्धी गर्नु नै उक्त कार्यक्रमको मुल उद्धेश्य रहेको जिवन विज्ञान परिषद प्रदेश नम्बर १ समिति संयोजक बालिका खड्का भट्टराइले जानकारी दिइन । यस्तै सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल सहीत राष्ट्रीय कलाकार मदनकृष्ण श्रेष्ठ,हरीवंश आचार्य लगायत मुख्यमन्त्री,स्थानीय सरकारका प्रमुखहरु,गायक,कलाकार लगायतको सहभागिता रहने जनाइएको छ ।

IMG-1424

जिवन विज्ञानका कार्यक्रमहरुबाट हालसम्म १५ लाख व्यक्तीले प्रत्यक्ष रुपमा लाभ लिइसकेका छन । यस प्रतिष्ठानले स्थापनाको ११ वर्षमा ११ सय योग तथा जिवन बिकास प्रशिक्षक तयार गरी विश्वका ५५ देशहरुमा सकारात्मक सोच तथा समृद्धिका लागि सेवा पुर्याउदै आएको जानकारि गराइएको छ । व्यक्तित्व एवम क्षमताको बिकासका लागि जिवन व्यवस्थापन तथा साधनामुखि कार्यक्रमहरु यस प्रतिष्ठानले सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved