विश्व आदर्श एकेडेमीको छैठौं अभिभावक दिवस सम्पन्न

  • फाल्गुन ८, २०७९
  • ३९७ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : इटहरीमा रहेको विश्व आदर्श एकेडेमीले छैठौं अभिभावक दिवस विविध कार्यक्रम आयोजना गरी मनाएको छ । स्कुल परिसरमा एक कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको हो ।

अभिभावक दिवसको उद्घाटन प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख सुर्य सुुवेदीले गरेका थिए । स्कुलको अभिभावक दिवसको उद्घाटन गर्दै सुुवेदीले संस्कार र सिपसहितको गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिए । अहिले आवश्यकता भनेको संस्कारसहितको रोजगारमुखी शिक्षा भएकोले यसतर्फ ध्यान दिनुपर्ने उनले बताए । यस्तै कार्यक्रममा बोल्दै विश्व आदर्श एकेडेमीका अध्यक्ष लेखनाथ घिमिरेले गुणस्तरीय शिक्षासँगै विद्यार्थीको क्षमता अभिवृद्धिका लागि स्कुलले विशेष ध्यान दिएर काम गरिरहेको बताए ।

IMG_20230220_105525

अभिभावक दिवसको अवसर पारेर फेशन शो पनि आयोजना गरिएको थियो । अभिभावक दिवसमा विद्यार्थीहरूले साँस्कृतिक नृत्य, गायन र फेशन शो, विभिन्न खेलकुद प्रर्दशन पनि प्रस्तुत गरी सहभागीहरुलाई दिनभरी मनोरञ्जन प्रदान गरे । कक्षा नर्सरीदेखि १० कक्षासम्मका विद्यार्थीहरुले मनोरञ्जनात्मक खेलहरु पनि देखाएर रमाइलो गरेका थिए । कार्यक्रममा विश्व आदर्श एकेडेमीका प्राचार्य गणेश कुमार दुलाल रितेश चौधरी, मोहन प्रसाद निरौला, शिक्षा तथा समाजसेवीहरु राजु केसी, सुमित थापा, सागर भट्टराई, दिनेश भट्टराई, पोषराज नेपाल, विमल पौडेल लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved