अब तीने महिने तालिम नलिई बिहे गर्न नपाइने ?

  • मंसिर १८, २०७६
  • २१५ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं । बिहेका लागि केटाकेटीको मन मिल्नु पर्यो । परम्परागत बिहेमा घरपरिवारको पनि स्विकृति अनिवार्य हुन्छ । यसबाहेक बिहेका लागि कुनै परीक्षा नै पास गर्नुपर्ने नियम दुनियामा कतै सुनिएको थिएन । तर कहीँ नभएको जात्रा हाँडीगाउँमा भन्ने उखान इण्डोनेसियामा लागू हुने भएको छ । हो, इण्डोनेसियामा बिहे गर्नका लागि अब ३ महिनाको तालिम पास गर्नुपर्ने नियम सुरु हुँदैछ ।

मिडिया रिपोर्ट अनुसार इण्डोनेसिया सरकारले आगामी वर्ष सन् २०२० देखि प्री-वेडिङ कोर्स अर्थात् विवाहपूर्व पाठ्यक्रम निःशुल्क रुपमा सञ्चालन गर्ने योजना बनाएको छ ।

इण्डोनेसियाको मानव विकास तथा संस्कृति मन्त्रालय, धार्मिक मामिला मन्त्रालय र स्वास्थ्य मन्त्रालयले संयुक्त रुपमा यो पाठ्यक्रम तयार पारेका हुन् ।

उक्त पाठ्यक्रममा युवाहरुलाई जीवनमा बिहे पश्चात् आउने परिवर्तनका विषयमा सचेतना प्रदान गरिनेछ । ताकि वैवाहिक जीवनका समस्याहरुलाई सहजै हल गर्न सकियोस् र दाम्पत्य जीवनका समस्याकै कारण सम्बन्ध नटुटोस् । साथै बिहेलाई कसरी सफल बनाउने र बालबच्चा कसरी हुर्काउने भन्ने कुरा पनि उक्त पाठ्यक्रममा सिकाइनेछ ।

यो कोर्स ३ महिनाको हुनेछ । यो पढाई पूरा नगरीकन कुनैपनि युवा बिहेका लागि योग्य हुनेछैन । अर्थात् जसले यो पाठ्यक्रमको पढाई पास गर्नेछ, उसले मात्र बिहे गर्न पाउनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved