इटहरीको मुख्य चोक क्षेत्रमा रहेको सपना मोवायल सेन्टरमा चोरी

  • माघ ३, २०७९
  • ४४१ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : पटकपटक चोरी हुँदै आएको इटहरीको मुख्य चोक क्षेत्रमा रहेको सपना मोवायल सेन्टरको ताला फोडेर फेरी चोरी भएको छ । मोवायल विक्री तथा मर्मत गर्ने सपना मोवायल सेन्टरको मर्मत गर्ने तर्फको पसलमा लगाएको तीन वटा ताला फोडेर चोरी भएको सेन्टरका सञ्चालक खड्ग श्रेष्ठले जानकारी दिएका हुन ।

सो मोवालय सेन्टरमा ६ महिना अघि पनि चोरी भएको थियो । सिसी टिभीमा चोरी भई रहेको दृष्य देखिएपछि प्रहरीले चोरीमा संलग्नलाई पक्राउ गरेपनि चोरी भएका सामानहरुको क्षतिपूर्ति हाल सम्म नपाएको सञ्चालक श्रेष्ठले गुनासो गरे । यस पटक पनि चोरले ताला फुटाएर मर्मत गर्न राखिएका पुराना मोवायल, स्मार्टवाच र महगां चस्माहरु चोरी हुँदा डेढ लाख वराबरको सामान चोरले लगायतको समेत श्रेष्ठले जानकारी दिए ।

यस पटक पनि चोरले ताला फुटाउदै गरेको र भित्रबाट व्याग बोकेर वाहिरको दृष्य सिसी क्यामराले कैद गरेको देखिन्छ । मोवायल सेन्टरमा भएको चोरीका सम्वन्धमा अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले वताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved