मकर सङ्क्रान्तिको अवसरमा राष्ट्रपति भण्डारी सुनसरीका धार्मिक स्थलहरुमा

  • माघ १, २०७९
  • ४३३ पटक पढिएको
  • न्यू पाटी
alt

बराहक्षेत्र : राष्ट्रपति विद्यादेवी भण्डारीले मकर सङ्क्रान्तिको अवसरमा प्रसिद्ध तीर्थस्थल बराहक्षेत्रमा पूजा अर्चना गर्नुभएको छ । राष्ट्रपति भण्डारीलाई १ नं. प्रदेश प्रमुख पर्शुराम खापुङ्, बराहक्षेत्रका नगरप्रमुख रमेश कार्की, उपप्रमुख नन्द कुमारी राई, बराहक्षेत्र नगरपालिका वडा नं. १, २, ७ र ८ का वडाध्यक्षहरु, तोरीवारी खानेपानी संस्थाका अध्यक्ष डम्बर प्रसाद सिग्देल, उद्योग वाणिज्य संघ, चतराका अध्यक्ष रमेश बिष्ट, बृहत्तर बराहक्षेत्र विकास समितिका अध्यक्ष भेषराज घिमिरे लगायतले आइतबार बिहान मन्दिर परिसरमा स्वागत गर्नुभएको थियो ।

1673789790995

राष्ट्रपति भण्डारीले धार्मिक मान्यता अनुसार सप्तकोशी नदीमा पूजा अर्चना गरी बराह भगवानलाई जल अर्पण गर्नुभयो । मकर सङ्क्रान्तिको अवसरमा बराहक्षेत्रमा बर्सेनि धार्मिक मेला लाग्ने गरेको छ । बराह भगवानको पूजा अर्चना पश्चात् धरानको विजयपुरस्थित दन्तकाली शक्ति पीठका साथै पिण्डेश्वर महादेव र बुढासुब्बा मन्दिरको दर्शन गर्नुभएको थियो । हेलिकप्टरबाट आउनु भएकी राष्ट्रपति भण्डारी धरान १३ सैनिक क्याम्पमा अवतरण गर्नुभई सवारी साधनमार्फत धरान १४ विजयपुर पुग्नु भएको थियो । सो अवसरमा धरान उपमहानगरपालिका वडा नं. १४ विजयपुरले स्वागत कार्यक्रम राखेको थियो । धरानको दन्तकालीमा करिब २० मिनेट पूजा गरिसकेपछि राष्ट्रपति भण्डारी पिण्डेश्वर मन्दिरमा दर्शन गर्न पुग्नु भएको थियो ।

राष्ट्रपतिलाई स्वागत गर्न धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राई र उपमेयर आइन्द्र विक्रम बेघाको भने उपस्थिति थिएन । राष्ट्रपतिलाई स्वागत गर्न सर्वसाधारण लाइनमा रहेका थिए । लाइनलाई सुरक्षाकर्मी तथा अंगरक्षकहरुले व्यवस्थित गरेका थिए । पिण्डेश्वर मन्दिरको दर्शनपछि राष्ट्रपति भण्डारीले बुढासुब्बा मन्दिर पुग्नु भएको थियो । दर्शनपछि उहाँ पुन: काठमाण्डौ फर्कनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved