ईटहरीमा भब्यताका साथ राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाईने

  • पुस २५, २०७९
  • ३०७ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : नेपाल एकिकरणकर्ता पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै विगतका वर्ष झै सुनसरीको इटहरीमा भव्य रुपमा आगामी २७ गते पृथ्वी जयन्ती मनाइने भएको छ । इटहरीमा २०६९ साल देखि नागरिक स्तरबाट पुस २७ गते विगतका वर्ष झै यस वर्ष पनि सुनसरीको इटहरीमा भव्यताका साथ राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाइने भएको सोमवार इटहरीमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

भेषजा काफ्लेको संयोजकत्वमा राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मुल समारोह समिति वनाएर पृथ्वी जयन्ती मनाउने तयारी भइरहेको छ । इटहरीमा विगत दश वर्ष देखि पृथ्वी जयन्ती पृथ्वी नारायण शाहको योगदानको चर्चा र स्मरण गर्दै मनाउने गरिएझै यस वर्ष पनि मनाउन लागिएको संयोजक काफ्लेले जानकारी दिइन् ।

नेपाल एकीकरणकर्ता पृथ्वी नारायण शाहको योगदानको कदर गर्दै पृथ्वी जयन्तीमा विदा दिनु पर्ने माग सहित आफुहरुले पृथ्वी जयन्ती मनाउन लागेको समेत काफ्लेले बताइन् । 

विगत देखि नै इटहरीमा पृथ्वी नारायण शाहको योगदानका विषयमा चर्चा गर्ने गरिए झै यस वर्ष संस्कृति विद डा. धनवहादुर कुवरलाई प्रमुख वक्ताका रुपमा आमन्त्रण गरिएको समेत जनाइएको छ । पृथ्वी जयन्तीका दिन र्याली, झाँकी तथा सांस्कृतिक कार्यक्रम सहित पृथ्वी नारायण शाहको योगदानका विषयमा चर्चा गरिनेछ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved