सिस्टममा समस्या आउँदा राहदानी विभागको काम रोकियो

  • पुस १९, २०७९
  • ३५३ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं : राहदानी लिनका लागि भीडभाड बढिरहँदा परराष्ट्र मन्त्रालयले राहदानी वितरणको काम अवरुद्ध गरेको छ ।

सोमबारदेखि राहदानी विभागको सिस्टममा समस्या आएको भन्दै राहदानी आवेदनको स्टाटस हेर्ने तथा राहदानी वितरण कार्य अवरुद्ध भएको जनाएको छ । राहदानी विभागले यस्तो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्ण रूपमा सञ्चालन हुन केही समय लाग्ने जनाएको छ । विभागले मंगलबार विज्ञप्ति जारी गरेर अर्को सूचना जारी नहुँदासम्म सबै सेवा सञ्चालन हुन नसक्ने जनाएको छ । साथै, नियमित रूपमा राहदानी आवेदनका लागि ‘अप्वाइन्टमेन्ट डेट’ बुक गरेका सेवाग्राहीलाई बुक गरेको मितिमा बायोमेट्रिकका लागि विभागमा उपस्थित हुन विभागका प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिएका छन ।

पछिल्लो समय राहदानीका लागि फारम बुजाउने र राहदानी लिनका लागि विभागमा मानिसहरूको भीड अत्यधिक बढिरहँदा विभागको सिस्टममा समस्या देखिएको हो । विभागका अधिकारीहरूले भने कोरोना महामारीका कारण लामो समय राहदानी वितरणको काम रोकिँदा हाल सेवाग्राहीहरूको भीड बढेको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved