इटहरी उपमहानगरपालिका वडा नम्बर ८ को भवन उद्धघाटन

  • पुस १९, २०७९
  • ४८१ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : विगत देखि भाडाको घरबाट सेवा प्रभाह गर्दै आएको इटहरी उपमहानगरपालिका वडा नम्बर ८ को भवन एक कार्यक्रमका विच उदघाटन गरिएको छ । इटहरी उपमहानरपालिका वडा नम्बर ८को नवनिर्मित भवनको उपमहानगरपालिका नगरप्रमुख हेमकर्ण पौडेलले एक कार्यक्रमका विच उदघाटन गरेका हुन ।

८६ लाख ३४हजार ४सय४४ रुपैया लागतमा सयपत्री मल्टीप्रपोज कम्पनीले निर्माण गरेको अपागं मैत्री भवनको उद्घाटन वडा नम्बर ८ का वडाध्यक्ष रोहित चौधरीको अध्यक्षतामा गरिएको हो । अपागं मैत्री दुई तले भवन निर्माण सम्पन्न भएर उदघाटन भएपछि आगामी माघ महिना देखि सञ्चालनमा ल्याउने तयारी भई रहेको वडाध्यक्ष चौधरीले जानकारी दिए । उनले विगतमा भाडाको घरबाट वडा कार्यालय सञ्चालन गर्दै समस्या भई रहेको र अव आफनै भवनबाट सेवा दिदा सहज हुने विश्वास लिएको समेत वताए ।

वडाले आफनै भवनबाट सेवा दिदा सेवाग्रहीहरुलाई सहज हुने वडावासी सन्त बहादुर डुम्जन वताउछन । अपागं मैत्री भवन भएका कारण समेत असक्तहरुलाई समेत सेवा लिन आउदा सहज हुने समाजसेवी डुम्जनले जानकारी दिए । यस अघि वडा कार्यालय भाडाको घरमा वस्दै आएका कारण आफुहरुलाई चाहिए जस्तो नभएका कारण वडाले काम चलाउका रुपमा मात्र प्रयोग गर्दै आएको थियो भने अव आफनै भवनबाट सेवा दिन थालेपछि सहज हुने विश्वास गरिएको छ । त्यसैगरि जग्गादाता सबिता कुमारी चौधरीले वडा कार्यलय निर्माणका लागि १ कठ्ठा २ धुर जग्गा प्रधान गरेकोमा उनलाई धन्यवाद स्वरुप सम्मान पत्र द्धारा सम्मान गरियो ।

सोही अवसरमा वडाका १ सय ५० जना जेष्ठ नागरिकहरुलाई जाडोको मौसमा न्यानो फाईबरको सिरक वडाले वितरण गरेको थियो । कार्यक्रममा ईलाका प्रहरी कार्यलय इटहरीका डिएसपी खड्ग बहादुर खड्का,कार्यपालिका सदस्यहरु त्था बिभिन्न टोलका प्रतिनिधिहरु त्था वडाबासीहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved