इटहरीमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

  • पुस १९, २०७९
  • ४१० पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : जाडो महिनामा मानिसहरुमा विभिन्न किसिमका स्वास्थ्य समस्या हुने गरेको तर्फ मध्यनजर गर्दै सर्वसाधारणलाई स्वास्थ्य उपचारको पहुँच पुर्याउने उद्धेश्यले इटहरीमा निःशुल्क  स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

रोटरी क्लब अफ इटहरी र सार्वजनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा इटहरी उपमहानगरपालिका वडा नम्बर ८ शिवालय चोकमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

जाडो मौषममा मानिसहरुमा विभिन्न किसिमको स्वास्थ्य समस्या हुने तथा ग्रामिण भेगका मानिसहरुलाई स्वास्थ्य संस्था सम्म पुग्न समेत समस्या हुने तर्फ मध्यनजर गर्दै शिविरको आयोजना गरिएको रोटरी क्लव अफ इटहरीका अध्यक्ष संयोग पराजुलीले जानकारी दिए ।

स्वास्थ्य शिविरमा आँखा, दाँत र प्रेसर परिक्षण सुविधा रहेको थियो । ग्लोवल आँखा केन्द्र इटहरी, सुस्वास्थ्य डेन्टल अस्पताल इटहरी र इटहरी अस्पतालको प्राविधिक सहयोग रहेको थियो ।

रोटरी क्लब अफ इटहरीका अध्यक्ष संयोग पराजुलीको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष रोहित चौधरीको प्रमुख आतिथ्य रहेको नि:शुल्क स्वास्थ्य शिविरमा परिक्षण गरेका मोतिया विन्दु हुने विरामीहरुको निःशुल्क अप्रेसनको व्यवस्था मिलाइएको समेत जानकारी गराईयो ।

सार्वजनिक बचत तथा ऋण सहकारीको प्रारंगणमा आायोजना गरिएको स्वास्थ्य शिविरमा परिक्षण गरिएका विरामीहरुलाई निःशुल्क औषधि समेत उपलब्ध गराइएको थियो ।

निःशुल्क स्वास्थ्य शिविरमा सार्वजनिक वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चेतन धमला, निवर्तमान अध्यक्ष गुणराज शर्मा, नागरिक समाज इटहरीका पुर्व अध्यक्ष सन्तबहादुर डुम्जन, पुर्व अध्यक्षहरु अनन्त विष्ट, अनिता अधिकारी आगामी अध्यक्ष माधव न्यौपाने, डक्टर एसोसिएसनका अध्यक्ष डाक्टर कृष्ण नेपाल, ग्लोवल आँखा केन्दका जिवन गौतम लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

निःशुल्क स्वास्थ्य शिविरमा ५ सय बढीले स्वास्थ्य सेवा लिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved