माइती नेपाल सुनसरीबाट सिलाई कटाई तालिम लिएकाहरुलाई सिलाई मेशिन हस्तान्तरण

  • पुस १४, २०७९
  • ४१४ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : मानव वेचविखन विरुद्धको जोखिममा रहेका तथा प्रभावितहरुलाई जीवन उपयोगी सिप विकास कार्यक्रम अन्र्तगत माइती नेपाल सुनसरीबाट सिलाई कटाई तालिम लिएकाहरुलाई सिलाई मेशिन हस्तान्तरण गरिएको छ । माइती नेपाल सुनसरीले ६ महिने सिप विकास कार्यक्रम अन्तर्गत सिलाई कटाई तालिममा सहभागिता जनाएका ७ जनालाई लुगा सिलाउने मेशिन हस्तान्तरण गरेको हो ।

मानव वेचविखनको जोखिममा परेकाहरुलाई तालिम प्रदान गरी आत्मनिर्भर बनाउने कार्यक्रमहरु सञ्चालन गर्र्दै आएको माइती नेपालले सिलाई कटाई तालिमसंगै उद्यमशिलता सम्बन्धी ज्ञान दिएर मेशिन समेत उपलब्ध गराउदै आएको छ । यस पटक पनि ७ जनालाई ३ महिने सिलाइकटाई तालिम दिएका मनिता परियार, भावना धिमाल, आशा झागर निङगम, ल्यामु योल्मो, सरिना आचार्य, लक्की योल्मो र अनु राई लाई मेशिन हस्तान्तरण गरिएको माइती नेपाल सुनसरीकी संयोजक सुनिता कार्कीले जानकारी दिइन ।

तालिममा सहभागीहरुलाई मेशिन हस्तान्तरण गर्दै इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता चौधरीले तालिममा सिकेका कुराहरुलाई व्यवसायिक रुपमा प्रयोगमा ल्याएर आत्मनिर्भर हुन सक्ने वताइन । उनले तालिम लिएर तालिममा सिकेको ज्ञान सदुपयोग गर्नु पर्नेमा समेत जोड दिइन । तालिम पछि व्यवसाय सञ्चालनका लागि मेशिन उपलव्ध भएपछि तालिम लिनेहरु समेत उत्साहित वनेका छन ।

त्यसै गरी सिलाई कटाई, व्युटिसियन, उद्यमशिलता तालिम लिनेहरुलाई प्रमाण पत्र समेत उपलव्ध गराइयो । माइती नेपाल पुनःस्थापना तथा परार्मश केन्द्र प्रदेश एकका कार्यक्रम अधिकिृत गोविन्द घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा उपमहानगरपालिकाकी सामाजिक बिकाश महाशाखा प्रमुख भोजकला दवाडी, नेपाल पत्रकार महासंघ सुनसरी उपाध्यक्ष गणेश निरौला, इटहरी महिला सञ्जालकी अध्यक्ष कमला खडका, गैर सरकारी महासघं सुनसरीका अध्यक्ष मेघराज न्यौपाने, इटहरी प्रहरीका प्रहरी निरिक्षक तोरण परियार लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved