सुनसरीको इटहरीमा आधारभुत मेलमिलाप सम्वन्धी तालिम सम्पन्न

  • पुस १३, २०७९
  • २७८ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : स्थानिय स्तरमै मेलमिलाप गर्न कानुनले दिएको जिम्मेवारी अनुसार न्याय निरुपणका लागि दक्षता प्रदान गर्ने उद्धेश्यले सुनसरीको इटहरीमा आधारभुत मेलमिलाप सम्वन्धी तालिम सम्पन्न भएको छ ।

इटहरी उपमहानगरपालिका न्यायिक समिति कानुनी मामिला शाखाले आायोजना गरेको कार्यक्रममा महिला वडा सदस्य तथा सामाजिक संस्थामा आवद्ध महिलाहरुलाई मेलमिलाप सहजकर्ता सम्बन्धी ७ दिने तालिम उपलब्ध गराइएको हो ।

स्थानिय स्तरबाटै न्यायको पहुँच बढाउन सकियोस् भनेर तालिमको आयोजना गरिएको इटहरी उपमहानगरपालिका न्यायिक समितिकी संयोजक उपप्रमुख संगिता चौधरीले जानकारी दिइन् ।

WhatsApp Image 2022-12-28 at 4.39.31 PM

स्थानिय स्थरमा हुने सानातिना भैmझगडा तथा स्थानिय तहले मेलमिलाप गराउन सक्ने अधिकार क्षेत्रमा पर्ने विषयलाई सहज रुपमा मेलमिलाप गराउन सक्ने दक्षता प्रदान गर्न महिला सदस्यहरु साथै संघसंस्थाका महिलाहरुलाई तालिम उपलब्ध गराइएको न्यायिक समिति इटहरी उपमहानगरपालिका सदस्य दिवस पोखरेलले जानकारी दिए ।

तालिम प्रभावकारी रहेको र तालिममा सिकेका कुराहरुलाई आधार बनाएर नीति नियममा रहेर मेलमिलाप गराउने कार्य गर्ने तालिममा सहभागी महिला सदस्य जस्मी चौधरीले बताइन् ।

करिब एक सय जनाको सहभागिता रहेको तालिममा विरेन्द्रबहादुर बस्नेत र मेघराज न्यौपानेले सहजिकरण गरेका थिए । तालिममा सहभागीहरुलाई समापनका अवसरमा इटहरी उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहता, न्यायिक समिति संयोजक उपप्रमुख संगिता चौधरी, सदस्य दिवस पोखरेलले प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रममा इटहरी उपमहानगरपालिका कार्यपालिका सदस्य प्रमोद शेर्पा लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved