साइन्स ओलम्प्याड तेस्रो संस्करणमा ब्राइट फ्युचरका चिमेश गौतम बने विजेता

  • पुस १०, २०७९
  • ६२१ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : विज्ञान विषयमा विद्यार्थीहरुको आकर्षण वढाउने उद्धेश्यले सुनसरीको इटहरीमा रहेको सुषमा गोदावरी कलेजले आयोजना गरेको साइन्स ओलम्प्याड तेस्रो संस्करणको विजेता ब्राइट फ्युचर सेकेण्डरी स्कुल इटहरीका चिमेश गौतम वन्न सफल भएका छन् ।

सुनसरी र मोरङ्गका ७० विद्यालयहरुका २ सय विद्यार्थीले विभिन्न चरणमा सहभागिता जनाएको साइन्स ओलम्प्याडमा गौतम प्रथम बनेका हुन् ।

विद्यार्थीहरुलाई विषयगत अध्ययन पाठ्यपुस्तकको ज्ञानको अतिरिक्त अन्य धेरै अवसर प्राप्त गर्न सकिएको खण्डमा विद्यार्थीले आफ्ना क्षमता प्रस्फुटन गर्न सक्छन् त्यसैले सुषमा गोदावरी कलेजले सुनसरी र मोरङ्गका विद्यालयहरुको सहभागितामा साइन्स ओलम्प्याड सञ्चालन गर्दै आएको कलेजका प्राचार्य बोधराज नेपालले जानकारी दिए ।

सुषमा गोदावरी कलेजले आयोजना गरेको साइन्स ओलम्प्याडको तेस्रो संस्करणमा माउण्ट एभेरेष्ट सेकेण्डरी स्कुल डाँगीहाटका जमसेद अली दोस्रो र माउण्ट मकालु सेकेण्डरी स्कुल गछियाका अपर्ण घिमिरे तेस्रो वन्न सफल भए । प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थीहरुलाई क्रमशः १५ हजार नगद, १० हजार नगद, ५ हजार नगद सहित प्रमाण पत्र र ट्रफि प्रधान गरियो ।

WhatsApp Image 2022-12-25 at 5.44.19 PM (1)

त्यसै गरी उत्कृष्ट १३ मा पर्ने अन्य विद्यार्थीहरुलाई जनहि एक हजार नगद, प्रमाण पत्र प्रदान गरियो । उत्कृष्ट वन्न सफल विद्यार्थीहरुलाई सुषमा गोदावरी कलेजका अध्यक्ष राजेश श्रेष्ठ, निर्देशक पेशल पोखरेल तथा अन्य शैक्षिक संस्थाबाट सहभागी शिक्षकहरुले प्रमाण पत्र तथा पुरस्कार वितरण गरेका थिए ।

साइन्स ओलम्प्याडमा सुनसरी र मोरङ्गका ७० विद्यालयका २ सय विद्यार्थीहरुको सहभागीमा रहेको थियो भने फाइनल चरणमा १ सय २५ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved