प्रधानमन्त्रीमा प्रचण्डको ह्याट्रिक, नेपाली कांग्रेस जिल्लै

  • पुस १०, २०७९
  • ६३५ पटक पढिएको
  • न्यू पाटी
alt WEB PIC

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रचण्डलाई बहुमतको प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

सत्ता गठबन्धनमा नेपाली कांग्रेससँग सहमति नभएपछि आइतबार मात्रै एमाले लगायत राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी र तीन जना स्वतन्त्र सांसद लगायत सात पार्टीका १६९ सांसदको समर्थनमा प्रचण्ड मुलुकको ४४ औं प्रधानमन्त्री भएका हुन् ।

चुनाव लगतै बन्ने सरकारको नेतृत्व प्रचण्डलाई दिने कांग्रेस र माओवादीबीच सहमति भएपछि नेपाली कांग्रेस, माओवादी सहितको सत्ता गठबन्धनबाट स्थानीय, प्रदेश र प्रतिनिधि सभा चुनावमा सहभागी भएका थिए । तर अन्तिम समयमा आएर निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सहमति उल्लंघन गरेपछि प्रचण्ड एमाले सहितको सात दलीय गठबन्धनबाट तेस्रोपटक प्रधानमन्त्री हुन सफल भएका हुन् ।

उनी यसअघि २०६५ र २०७३ मा प्रधानमन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved