इटहरीमा पनि मनाईयो किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उधौली’

  • पुस ९, २०७९
  • २७४ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : प्रकृति पूजक भनेर चिनिने किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उधौली’ इटहरीमा पनि एक कार्यक्रम गरी समापन गरीएको छ । किरात राई बान्तावा खिम केन्द्रीय समितिद्धारा आयोजित किरातीहरुको महान चाड उधौली साकेला चासोक तङनाम कार्यक्रमका बीच उधौली पर्व समापन गरीएको हो ।

इटहरी स्थित शिवनारायण टोल दक्षिण बरगाछी टोलमा किरात बान्तावा खीमको सांस्कृतिक भवन निर्माण स्थलमा आयोजित एक औपचारीक कार्यक्रमका बिच साकेला उधौली समापन गरीएको हो । किरात राई बान्तावा खीमका केन्द्रीय अध्यक्ष ज्ञान किरातीको अध्यक्षता तथा इटहरी १० का वडा अध्यक्ष अवदेश चौधरीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा जातीय पोशाक सहीत सांस्कृतिक नृत्य प्रस्तुत गरीएको थियो ।

सो अवसरमा देशका विभिन्न जिल्लाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । किरात समुदायमा मंसिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उभौली चाड मनाउने चलन छ । वर्षको दुईपटक मनाइने साकेला चाडको उधौलीमा अन्नबालीको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । कुखुराको भाले, चोखो, जाँडरक्सी, अदुवा, पहेँलो रङको चामल लगायतका सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने प्रचलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved