तोरीबारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको ७औं साधारण सभा सम्पन्न

  • पुस ३, २०७९
  • ३२६ पटक पढिएको
  • न्यू पाटी
alt

चतरा : बराहक्षेत्र नगरपालिका वडा नम्बर १ मा रहेको तोरीबारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आफनो ७औं साधारण सभाको अवसर पारेर दुई जनालाई सम्मान गरेको छ ।

तोरीवारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष डम्बरप्रसाद सिग्देलको अध्यक्षता तथा बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीको प्रमुख आतिथ्यमा भएको साधारणसभामा युवराज बस्नेत र रतनप्रसाद राईलाई सम्मान गरिएको हो ।

SAVE_20221218_195051

सम्मानित बस्नेत तोरीवारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका संस्थापक अध्यक्ष र राई पुर्व अध्यक्ष हुन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी कार्कीले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् । सो अवसरमा प्रमुख अतिथी कार्कीले बराहक्षेत्रमा रहेका खानेपानी तथा सरसफाई उपभोक्ता समिति मध्येमा तोरीबारी खानेपानी तथा सरसफाई उपभोक्ता समिति उत्कृष्ट मध्ये पर्ने वताए । उनले क्रमिक रुपमा तोरीवारी खानेपानीले उपभोक्ताहरुलाई सहज रुपमा खानेपानी वितरण गर्दै आएको समेत जानकारी दिए ।

तोरीवारी खानेपानीले आफनो क्षेत्र भित्रका उपभोक्ताहरुलाई खानेपानीको पहुँच वढाउन व्यवस्थापन र सञ्चालनको काम गर्दै आएको अध्यक्ष डम्बरप्रसाद सिग्देलले जानकारी दिए । उनले ७ सय घरपरिवारलाई खानेपानी पुर्याउने लक्ष्य राखिएकोमा हाल १४ सय घरपरिवारलाई पुर्याई रहेको र आगामी दिनमा साडे ४ लाख लिटरको टंकी र अढाई लाख लिटरको टंकी सञ्चालनमा आएपछि आफ्नो क्षेत्रमा पर्ने २५ सय घरधुरीलाई नै पुग्ने अध्यक्ष सिग्देलले वताए ।

SAVE_20221217_195702

७औं साधारणसभाले नयाँ कार्यसमिति चयन गर्ने सो अवसरमा जानकारी गराइयो । तोरीवारी खानेपानी २०५४ साल देखि यस क्षेत्रका उपभोक्ताहरुलाई खानेपानीको सहज पहुँच पुर्याउने उद्धेश्यले काम गर्दै आएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved