नेपथ्यले मानवताका लागि सांगीतिक यात्रा "नेपथ्य लाइभ कन्सर्ट" गर्ने

यही मंसिर १६ गते बिराटनगरको हाटखोलाबाट सुरु हुने

  • मंसिर ७, २०७९
  • ५३२ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : सांगीतिक साथै मानव सेवाका क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउँदै आएको नेपथ्य व्याण्डले मानवसेवा आश्रमको भवन निर्माण तथा अक्षय कोषस्थापनार्थ मानवताका लागि सांगीतिक यात्रा नेपथ्य लाइभ कन्सर्ट गर्ने भएको छ ।

विराटनगर महानगरपालिका वडा नम्बर ५ मा निर्माण भई रहेको मानवसेवा आश्रमको भवन निर्माण सहयोगार्थ सञ्चालन गरिने मानवताको लागि सांगीतिक यात्रा नेपथ्य लाइभ कन्सर्ट यही मंसिर १६ गते विराटनगरको हाटखोलाबाट सुरु गरिने भएको हो ।

सडक आश्रीत मानवहरुको उद्धार गर्दै आएको मानवसेवा आश्रमको विराटनगरमा भवन निर्माण सहयोगार्थ नेपथ्य ब्याण्डले एक महिने अभियान सहित विभिन्न सहरहरुमा लाईभ कन्सर्ट गर्ने इटहरीमा पत्रकार सम्मेलन गरि जानकारी गराइयो । पत्रकार सम्मेलनमा लाइभ कन्सर्टको सह-आयोजकमा लायन्स क्लव इनरनेशनल रहेको जानकारी गराइयो । सो अवसरमा मानवीय सेवाका लागि निर्माण गरिने भवन निर्माण कार्यमा सहयोग पुरयाउन सकियोस भनेर मानवताका लागि सांगीतिक यात्रा नेपथ्य लाइभ कन्सर्ट आयोजना गर्न लागिएको लायन्स क्लव अफ इटहरी स्मार्ट सिटीका अध्यक्ष वेदनाथ भेटवाल राजनले जानकारी दिए ।

मानवसेवा आश्रमको भवन निर्माण तथा अक्षयकोष स्थापनाका लागि सञ्चालन गरिने मानवताका लागि सांगीतिक यात्रा नेपथ्य लाइभ कन्सर्ट हेटौडा, भरतपुर, नेपालगंज, धनगढी, सुर्खेत, बुटवल, पोखरा सहित काठमाडौंमा पनि गरिने सो अवसरमा जानकारी गराइयो ।

विराटनगरमा निर्माण भई रहेको मानवसेवा आश्रममा निर्माण कार्यमा २० करोड लागत लाग्ने अनुमान गरिएको छ । पत्रकार सम्मेलनमा लायन्स क्लव इन्टरनेशनल डिस्टिक ३२५ का गर्भनर धिरज गुरुुङ्ग, पुर्व गर्भनर राजन खत्री, पुर्व भाइस गर्भनर नरनाथ सापकोटा, लायन्स क्लव अफ इटहरी स्मार्ट सिटीका संस्थापक अध्यक्ष राजेन्द्र केशरी घिमिर लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved