इङगल्याण्डको पोल्टोमा दोस्रो विश्वकप उपाधि

  • कार्तिक २७, २०७९
  • ५१७ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौँ : इङ्ल्यान्डले आईसीसी टी–ट्वान्टी विश्वकप २०२२ को उपाधि जितेको छ । आइतबार भएको फाइनल खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इङ्ल्यान्डले दोस्रो पटक विश्वकपको उपाधि जितेको हो । पाकिस्तानले दिएको १३८ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १९ ओभर मा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । 

इङ्ल्यान्डले यसअघि सन् २०१० मा विश्वकपको उपाधि जितेको थियो । इङ्ल्यान्डका लागि बेन स्टोक्सले अर्धशतकीय पारी खेले । उनले ५२ रनको योगदान गरे । त्यस्तै जस बट्लरले २६ रन बनाउँदा मोईन अलीले १९ रन बनाए । हेरी ब्रोकले २० रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन बनाएको थियो ।

पाकिस्तानका लागि सान मक्सोदले सर्वाधिक ३८ रनको योगदान गरे । त्यस्तै कप्तान बाबर आजमले ३२ रन बनाउँदा सादब खानले २० रनको योगदान गरे । इङ्ल्यान्डका लगि श्याम करेनले तीन विकेट लिए । त्यस्तै आदिल राशिद र क्रिस जोर्डानले दुई–दुई विकेट लिए । त्यस्तै वेन स्टोकले एक विकेट लिए । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved