राजनीतिक दल तथा उमेदवारहरु चुनावी प्रचारप्रसारमा व्यस्त

  • कार्तिक २७, २०७९
  • ४४१ पटक पढिएको
  • न्यू पाटी
alt

झापा : निर्वाचनको मिति जतिजति नजिकी रहेको छ त्यती त्यती नै राजनितिक दल तथा उमेदवारहरु चुनावी प्रचारप्रसारमा व्यस्त रहेका छन । यही क्रममा पुर्व प्रधानमन्त्री समेत रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उमेदवार रहेको झापा क्षेत्र नम्बर ५मा एमाले नेतृत्वको गठवन्धनले चुनाव प्रचारप्रसारलाई तिव्रता दिएको छ ।

झापा क्षेत्र नम्बर ५मा एमाले गठवन्धनमा रहेका दलहरु मतदाताहरुसंग विभिन्न चुनावी एजेण्डाहरु सहित पुगिरहेका हुन । एमाले गठवन्धनमा रहेका दलहरुका उमेदवारहरु मतदाताहरुसंग आफनो पार्टीको चुनावी एजेण्डा सहित मतदाताको घरदैलोमा पुगिरहेका छन । यही क्रममा एमाले गठवन्धनबाट प्रदेशसभा सदस्यमा समानुपातिक उमेदवार रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका विजयप्रसाद बराल पनि आफना चुनावी एजेण्डा सहित मतदाताको घरदैलोमा पुगिरेहका छन ।

314702429_672464184265538_3222248355144219615_n

बराल आफुले विगतमा सामाजीक, आर्थिक, सांस्कृतिक र राजनैतीक लगायतका क्षेत्रमा पुरयाएको योगदानको मुल्याँकन गर्दै आफनो पार्टीलाई मतदान गर्न आग्रह गरिरहेका छन । यस्तै नेकपा एमालेका प्रदेश सभा सदस्य उम्मेदवार होमप्रसाद थापाले सो क्षेत्रमा अधुरा रहेका काम पुर्ण गर्ने साथै अन्यउ बीकासका गतीवीधी सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

यता एमालेका निर्मला सिवाकोटी पाठक, रिता बस्नेत श्रेष्ठ पनि मतदाताहरुसंग मत माग्न घरदैलोमा पुगिरहेका उनीहरुले पनि पार्टीको एजेण्डा जानकारी गराउदै मतदाताहरुको मन जित्ने प्रयन्त गरिरहेका छन । संयुक्त रुपमा मतदाताको घरदैलोमा पुगी रहेका एमाले गठवन्धनका उमेदवारहरुले प्रतिनिधिसभा तर्फ प्रत्यक्षमा केपी शर्मा ओली लाई र समानुपातिक तर्फ आफनो पार्टीलाई मत माग्दै आएका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved