दुलारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रजत जयन्ती मनाउने

  • कार्तिक २५, २०७९
  • २८१ पटक पढिएको
  • न्यू पाटी
alt

मोरङ्ग : मोरङ्गको सुन्दरहरैचामा रहेको दुलारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विभिन्न कार्यक्रम गरी रजत जयन्ती मनाउने भएको छ ।

पच्चिस वर्ष अघि थोरै सेयर सदस्यहरुबाट स्थापना भएको दुलारी बचत तथा ऋण सहकरीले पच्चिस वर्षमा आइपुग्दा धेरै नै प्रगति गरिसकेको र रजत जयन्ती मनाउन लागेको पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

सहकारीका अध्यक्ष हेमन्त कार्कीले रजत जयन्तीका अवसर पारेर जेष्ठ नागरिक सम्मान, विद्यार्थी सम्मान, सेयर सदस्य सम्मान सहित सामाजिक तथा स्वास्थ्य सम्वन्धी विभिन्न कार्यक्रमहरुको आयोजना गरि रजत जयन्ती मनाउने जानकारी दिएका छन । उनले रजत जयन्ती यही कार्तिक २५ गते देखि आगामी २०८० साल असार मसान्त सम्म विभिन्न कार्यक्रमको आयोजना गरि रजत जयन्ती मनाउन लागेको समेत वताए ।

अन्य कतिपय सहकारीहरु आर्थिक तरलताका कारण समस्यामा परिरहेको समयमा दुलारी बचत तथा ऋण सहकारीले भने २१ प्रतिसत बोसन बाड्न सफल भएको समेत पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

विगतमा थोरै सेयर सदस्यबाट सञ्चालनमा ल्याइएकोमा हाल १७ सय बढी सेयर सदस्य रहेको तथा २० करोडको वासतालको अवस्थामा दुलारी बचत तथा ऋण सहकारी पुगेको उल्लेख गरियो ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved