महिला बचत तथा ऋण सहकारी संस्था द्वारा ईटहरीमा रक्तदान कार्यक्रम सम्पन्न

  • कार्तिक २५, २०७९
  • ७५३ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : स्वास्थ्य संस्थाहरुमा उपचारका लागि आउने विरामीहरुलाई आवश्यक पर्ने रगत अभाव नहोस् भनेर सुनसरीको इटहरीमा रहेको महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

मुलुक कै ठुला सहकारीहरु मध्येमा पर्ने बहुसंख्यक महिला सदस्य रहेको महिला बचत तथा ऋण सहकारीले आयोजना गरेको रक्तदान कार्यक्रममा एक सय १० जनाले रक्तदान गरेका छन् ।

सहकारीले बार्षिक कार्यक्रम अन्तरगत हरेक वर्ष झै यस वर्ष पनि रक्तदानको कार्यक्रम गरेको रक्तदान कार्यक्रमकी संयोजक पुनम थापा मगरले जानकारी दिइन् । उनले विरामीहरुलाई उपचारका लागि रगत अभाव नहोस भनेर रक्तदान कार्यक्रमको आयोजना गरेको समेत बताइन् ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्र धरानले प्राविधिक सहयोग पुर्याएको थियो । रक्तसंचार केन्द्र धरानमा संकलन हुने रगतको ४० प्रतिशत हिस्सा इटहरीले मात्र पुर्याउँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved