राष्ट्रीय स्वतन्त्र पार्टीको वाचा पत्र सार्वजनिक

  • कार्तिक १७, २०७९
  • ४१२ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रीय स्वतन्त्र पार्टीले सुनसरीमा पनी एक कार्यक्रमको आयोजना गरी वाचापत्र सार्वजानिक गरेको छ । पार्टीले बीहीवार इटहरीमा एक कार्यक्रमको आयोजना गरी सुनसरीमा पनी पार्टीको घोषणा पत्र सार्वजानिक गरेको हो ।

कार्यक्रमका बिच राष्ट्रीय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनीधिसभा तर्फमात्र उमेद्धवारी दिएको बताउँदै पार्टीका सुनसरी जिल्ला सभापति लाल बिक्रम थापाले प्रदेश सभा आजको संरचनामा आफुहरुलाइ मान्य नभएको स्पष्ट पारे । उनले चुस्त दुरुस्त संगठन भइसकेको अवस्थामा २ तिहाइ स्पष्ट मत ल्याएर सरकारका जाने दावी गरेका छन ।

भ्रष्टाचार देश विकासका मुख्य बाधक भएको भन्दै सो पार्टीले यसविरुद्ध निर्ममरुपमा प्रस्तुत हुने बाचा पनि गरेको छ । महिला तथा अन्य लिंगका व्यक्तिहरूलाई समाजमा स्वतन्त्र, आत्मनिर्भर र सम्मानित बनाउँदै समाज विकासको मूलधारमा स्थापित गर्ने वाचा सो पार्टीले गरेको छ ।

नागरिकलाई राज्यको अभिभावकत्व महसुस गराउने, भविष्यमा कसैलाई पनि आरक्षण नचाहिने समाजको कल्पना गर्ने, शिक्षालाई मौलिक, आधुनिक र व्यवहारिक बनाउने गरी काम गर्ने बाचा पनि गरेको छ । वाचा पत्रमा गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूति गराउने, कृषिमा व्यवसायीकरण गर्ने लगायतका बाचा समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved