काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८ सय ८७ जनाको नमूना परीक्षण गरिएको थियो । ४ सय ३६ जनाको पीसीआर र ४ सय ५१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सोमबार ३६ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ सय २२ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved