प्रतिस्पर्धाको मैदानमा विद्यानन्द यादव

  • कार्तिक १३, २०७९
  • ३६३ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : सुनसरी क्षेत्र नं ४ मा पूर्व सांसद जगदिश प्रसाद कुसियत र सरकारका सञ्चार तथा सुचना मन्त्री ज्ञानेन्द्र वहादुर कार्की सँगसँगै भिड्दै छन् राप्रपाका युवा नेता विद्यानन्द यादव । क्षेत्र नं ४ ले यस अघि पनि चार पटक प्रधानमन्त्री साथै अर्थ मन्त्री, सञ्चार मन्त्री, र प्रदेशमा पनि मन्त्री पाईसकेको छ । यस पटकको चुनावमा भने कुसियत र कार्कीलाई भारी मतान्तरले पराजय गर्ने दाउम छन यादव ।

यादव अहिले हरेकको घरघरमा पुगेर कतै हिन्दी, कतै मैथली त कतै नेपाली अनि कुनै ठाउँमा मधेसी भाषा बोल्दै समस्या बुझ्दै छन् । अगिल्ला उम्मेदवारको बारेमा धेरेै जनताले आलोचना गरेको सुने । कतै कृषिका कतै शिक्षाका कतै स्वास्थ्यका कतै सञ्चार त कतै वन्यजन्तुले बाली नाश गरेको सरकारले समाधान नगरेका समस्या नै समस्याका चाङ सुने । यसबाट उनले महसुस गरे कि वास्तवमा यी आरोप आरोप होइनन् यथार्थ रहेछन् ।

1667225937763

सादा जीवन उच्च विचारका यादव धेरै युवाहरुको रोजाइमा पर्न सकेका छन् । विगत लामो समयदेखि शिक्षा क्षेत्रमा रहेर काम गरिरहेका उनी शिक्षा, स्वास्थ्य, कृषिका लागि महत्वपूर्ण काम गर्ने बताउँछन् । यो क्षेत्रमा गतिलो न त कुनै स्तरिय कलेज छ न त कुनै प्राविधिक कलेज नै आजको समयमा पनि यस्तो सुगम स्थानमा शिक्षाको अभाव रहनु भनेको दुखदः भन्दै अब आउँदा दिनमा मेरो जितपश्चात यस क्षेत्रमा यो समस्या पूर्ण रुपमा समाधान गर्ने भन्दै प्रतिवद्धता व्यक्त गरेका छन्। त्यति मात्र होइन स्वास्थ्य, खेलकुद र पुल निर्माणका लागि पनि आफ्नो सांसद कोषबाट त्यहीँका जनतालाई समिति बनाएर खर्च गर्ने व्यवस्था गर्ने भन्दै आफ्ना बाचाहरु प्रस्तुत गरेका छन् ।

जुनसुकै दलले पनि मिठो सपना बाँड्ने तर पुर नगर्ने यो परिपाटिलाई यस पल्टको चुनावले अन्त्य गर्ने छ त्यसका लागि धेरै सपना नबाढ्ने तर काम गरेर देखाउने विद्यानन्द यादव राप्रपाका उम्मेदवारलाई जिताउन अनुरोध गर्छन उनी आफैँ । तालिका बनाएर म पटक पटक आफ्नो निर्वाचन क्षेत्रमा पुग्नेछु, जनताका समस्या समाधान गर्नेछु भन्दै उनी अरु उम्मेदवारले जस्तो एक्लै हिँड्न नसक्ने र एक ठाउँमा बसेर अरुको समस्या सुनेजस्तो गर्ने राजसी ठाँटलाई जनताले चिन्नेछन् र अप्रत्यासित नतिजा मेरो पक्षमा आउने कुरामा विश्वस्त छन् ।

1667225856718

राज्यसत्ताको आडमा सरकारी गाडी, सुरक्षा लगायत निर्वाचन आचार संहिता विपरीत काम गरिरहेको अवस्थामा पनि केही सम्बन्धित निकायले आँखा चिम्लेकोमा भने उनी आक्रोस व्यक्त गर्दछन् । तर जनताले यसको सही मूल्याङ्कन गर्नेछन् भन्दै उनी मंसिर ४ को प्रतिक्षामा बसिरहेका छन् ।

जसरी झापा, मोरङ्, चितवन, गोर्खा जिल्लाको चुनावी माहोल र परिणाम धेरैका लागि महत्वपूर्ण छ त्यसरी नै सुनसरीका चारवटै निर्वाचन क्षेत्रमा यसपल्ट फरक तरिकाले प्रतिष्पर्धा भइरहेकाले धेरैलाई चासो र उत्सुकताको विषय बनेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved