छैठको तेस्रो दिन आज अस्ताउँदो सुर्यलाइ अर्घ दिएर छैठ मनाईदैँ

  • कार्तिक १३, २०७९
  • २९५ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : आज छैठको तेस्रो दिन बिभिन्न नदी खोला किनारमा व्रतालुहरुले अस्ताउँदो सुर्यलाइ अर्घ दिएर छैठ मनाइयो । सुनसरीको इटहरी उपमहानगरपालिका र मोरङको सुन्दरहरैचा नगरपालिकाको संगम स्थल बुढीगंगा मुक्तिघाटमा पनि व्रतालुहरुले साँझ नदी किनारामा पुगेर अस्ताउँदो सुर्यको उपासना गरेका छन् ।

यस पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख, समृद्धि र चर्म रोग निको हुने जनविश्वासका आधारमा विभिन्न सजावटका सामाग्रीले सजाइएका ४०० बढी घाटहरुमा व्रतालुहरुले घण्टौँसम्म पुजा आर्चना गरेका छन् । छठ ब्रत लिए ब्रतालुहरुको मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । विशेष गरी चर्म रोगको निवारण र आफ्नो एवम् परिवारका सदस्यको सन्तान प्राप्तीको कामना गर्दै यो ब्रत लिने चलन छ ।

FB_IMG_1667130310714

चार दिनसम्म मनाइने छठ पर्वको मुख्य विधि अन्तर्गत पहिलो दिन (चतुर्थ) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ । आइतबार साँझ ब्रतालु तथा तिनका परिवारका सम्पूर्ण सदस्यहरु घर नजिकको पोखरी, नदी, सरोवर आदि जलाशय निर्मित आकर्षक छठी घाटमा पुगेर ब्रतालुको पूजा सामग्रीहरु राखिएको बाँसको छैंटी टाउकोमा बोकेर घाटसम्म लगी पुजा अर्चना गरेका छन् ।

यसैगरी खनार, इनरुवा, झुम्का, चतरा लगायत सुनसरीका अन्य विभिन्न स्थान साथै तराइका स्थानहरुमा पनि अस्ताउँदो सुर्यलाई अर्घ दिएर छठ पर्व मनाइएको छ । सोमबार बिहान उदाउँदो सूर्यको उपासना पछि प्रसाद खाएर मात्र ब्रत तोड्ने छन् । यो सँगै यस वर्षको छठ पर्व समापन गरीनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved