सुन्दरहरैचामा तेस्रो संस्करणको वडा स्तरिय फुटसल प्रतियोगिता आगामी कार्तिकमा

  • आश्विन २९, २०७९
  • ६०५ पटक पढिएको
  • न्यू पाटी
alt

सुन्दरहरैचा : फुटसल खेलको विकास तथा खेलाडीहरु उत्पादनमा सहयोग पुर्याउने उद्धेश्यले मोरगंको सुन्दरहरैचामा आयोजना गरिदै आएको वडा स्तरिय फुटसल प्रतियोगिताको तेस्रो संस्करण आगामी कार्तिकमा हुने भएको छ ।

सुन्दरहरैचा नगरपालिकाको प्रवन्धन तथा प्लानेट रिक्रिएसन सेन्टरको आयोजनामा सुन्दरहरैचा मेयर कप तेस्रो वडा स्तरिय फुटसल प्रतियोगितामा आगामी कार्तिक ३ गतेबाट सुरु हुने पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

पत्रकार सम्मेलनमा नगरपालिकाका १२ वटै वडाको सहभागिता रहने र १२ वटै टिमलाई चार वटा समुह वनाएर खेल खेलाईने जानकारी गराइयो । खेलकुद क्षेत्रको विकास लागि समेत बजेट विनियोज गर्ने काम नगरपालिकाले गरिरहेको सुन्दरहरैचा नगरपालिका प्रवक्ता तथा वडा नम्बर १२ का वडाध्यक्ष रोशनप्रसाद ढकालले बताए । उनले युवाहरुलाई कुलतबाट वचाउन समेत खेलकुद क्षेत्रको योगदान हुने तर्फ मध्यनजर गर्दै फुटसल लगायतका खेलहरुका लागि नगरपालिकाले सहयोग गर्ने गरेको स्पष्ट पारे ।

प्रतियोगिताका लागि २ लाख ९२ हजार खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता अन्तरगत विजेताले ५१ हजार नगद, ट्रफि प्रमाण पत्र, उपविजेताले २१ हजार नगद, ट्रफि प्रमाण पत्र तृतिय हुनेले ५ हजार सहित ट्रफि प्रमाण पत्र र शान्तवना हुनेले ट्रफि प्रमाण पत्र प्राप्त गर्ने जानकारी गराइयो । सुन्दरहरैचा नगरपालिकाले सहयोग गर्दै आएको र आफुहरुले पनि खेलाडीहरुको प्रोत्साहन गर्ने गरेको पुर्वाञ्चल फुटसल व्यवसायी संघका सचिव तथा प्रतियोगिताका संयोजक समिर बस्नेतले वताए ।

त्यसै गरी सर्वाेत्कृष्ट खेलाडी सर्वोत्कृष्ट गोलकिप्पर र उदयमान खेलाडीलाई समेत नगद सहित ट्रफि प्रमाण पत्र प्रदान गरिने जनाइयो ।

पत्रकार सम्मेलनमा सुन्दरहरैचा नगरपालिका प्रवक्ता तथा वडा नम्बर १२ का वडाध्यक्ष रोशनप्रसाद ढकाल, एन्फा मोरगंका उपाध्यक्ष प्रकास मास्के, फुटसल प्रशिक्षक योगेन्द्र गुरुङ लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved