काठमाडौँ उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी पुर्ने कार्य सुरु

  • मंसिर १८, २०७६
  • १७३ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी पुर्ने कार्य सुरु भएको छ । दुई महिनाभित्र सडकका खाल्डाखुल्डी पुरिनेछ । यो अभियानअन्तर्गत मङ्गलबार कोटेश्वर–चाबहिल सडक खण्डमा खाल्डाखुल्डी पुर्ने काम भयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्सिर ९ गते सम्पन्न चालू आर्थिक वर्ष २०७६/७७ को चौमासिक समीक्षा बैठकलाई सम्बोधनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सडकको खाल्डाखुल्डीको गीत कहिलेसम्म सुन्ने हो’ भन्दै सडकको खाल्डाखुल्डी चाँडो पुर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएका थिए ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्बाङले दुई–तीन महिनाभित्र काठमाडौँ उपत्यकाका सङ्घीय सडकहरूका खाल्डाखुल्डीहरूलाई पुरिने बताए । उनले योजना बनाएर मङ्गलबारबाट खाल्डाखुल्डी पुर्ने कार्य सुुरु गरिएको स्पष्ट पारे । मन्त्रालयले सडक निर्माण, मर्मत तथा खाल्डाखुल्डी पुरिने कार्यको अनुगमन गर्ने जानकारीसमेत उनले दिए । मुलुकभरिका सडकका खाल्डाखुल्डीहरू पुरिने काम नसकेसम्म यो अभियान निरन्तर रूपमा चलिरहने उनले स्पष्ट पारे ।


उनले भने, ‘अबको दुई महिनाभित्र काठमाडौँ उपत्यकाका सङ्घअन्तर्गत पर्ने सडकहरूको खाल्डाखुल्डीलाई पुरिने योजना भौतिक पूर्वधार तथा यातायात मन्त्रालयको छ ।’ विभिन्न निकायअन्तर्गत काठमाडौँ उपत्यकामा रहेका सबै सडकलाई ती निकायहरूसँग समन्वय गरी खाल्डाखुल्डी पुरिने लक्ष्य मन्त्रालयको रहेको उनले बताए । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved