काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा थप २ सय ६९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ५७ जनाको नमूना परीक्षण गरिएको थियो । १ हजार ७ सय ३२ जनाको पीसीआर र १ हजार ८ सय २५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २ सय ६९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बिहीबार २ सय १५ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ३ हजार १ सय ५८ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved