सुन्दरहरैचामा रहेको पूर्वाञ्चल एकेडेमीका विद्यार्थीहरु आन्दोलित, विद्यालयमा पठनपाठन प्रभावित

  • भदौ ८, २०७९
  • ३६१ पटक पढिएको
  • न्यू पाटी
alt

मोरङ्ग : विद्यालय सञ्चालकहरुको विवादका कारण मोरङ्गको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ६ मा रहेको पूर्वाञ्चल एकेडेमीका विद्यार्थीहरु आन्दोलित भएका छन् ।

प्रिन्सिपल हटाएर विद्यालयका अध्यक्ष सन्तोष राईलाई प्रिन्सिपल बनाइएपछि विद्यार्थीले पुराना प्रिन्सिपल दिपेन राईलाई नै पुन: कायम गरिनु पर्ने माग गरेका हुन् ।

विद्यालयका सञ्चालक रहेका ८ जना मध्ये ६ जनाको समर्थनमा विद्यालयका अध्यक्ष समेत रहेका सन्तोषलाई प्रिन्सिपल वनाइएपछि विद्यार्थी र अभिभावकहरु आन्दोलित वनेका हुन् । विद्यालय सञ्चालकहरुको विवादले विद्यालयमा पठनपाठन प्रभावित हुने भन्दै अभिभावकहरु समेत विद्यालयमा पुगेर पुन: दिपेन राईलाई प्रिन्सीपल वनाउनु पर्ने माग राखेका थिए ।

विद्यार्थीहरु पनि दिपेन सरले राम्रो पढाउने तथा विद्यालयलाई राम्रो बनाएको भन्दै राईको पक्षमा उत्रिएका थिए । विवाद कै विच विद्यार्थीहरुले राईलाई अबिर जात्रा सहित प्रिन्सिपलको कुर्सीमा वसाएका छन् । विद्यार्थीहरुले राईको पक्षमा विद्यालयमा नाराबाजी समेत गरेका थिए ।

सञ्चालकहरुको वैठकले प्रिन्सिपल वनाइएको दावी गर्ने सन्तोष राईले पनि विद्यालयलाई हानी नहुने गरी छलफल र सहमति गरेर मिलेर विद्यालय सञ्चालन गर्ने जानकारी दिएका छन् ।

यता विद्यार्थीहरुले पुन: प्रिन्सिपलको कुर्सीमा बसाएपछि उत्साहित बनेका राईले सहमति, सहकार्य र एकताको आधारमा विद्यालयलाई अघि वढाउनु पर्नेमा जोड दिए ।

सुन्दरहरैचा क्षेत्रमा संस्थागत विद्यालयमा पुरानो मध्येमा पर्ने पूर्वाञ्चल एकेडेमीको विवाद केही दिन देखि सतहमा आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved