पत्रकारहरुका लागि सात दिने फोटोसप र भिडियो मिक्सीगं सम्वन्धी आधारभुत तालिम सञ्चालनमा

  • भदौ २, २०७९
  • ३७२ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी । मल्टिमिडिया र सुचना प्रविधिको ज्ञान विना अवका दिनमा पत्रकारिता गर्न नसकिने तर्फ मध्यनजर गर्दै इटहरीमा पत्रकारहरुका लागि सात दिने फोटोसप र भिडियो मिक्सीगं सम्वन्धी आधारभुत तालिम सञ्चालनमा ल्याइएको छ ।

 प्रेस चौतारी नेपाल इटहरी नगर कमिटीले सुचना प्रविधिका क्षेत्रमा पत्रकारहरुलाई दक्षता प्रदान गर्ने उद्धेश्यले सात दिने फोटोसप र भिडियो मिक्सीगं सम्वन्धी तालिम सञ्चालनमा ल्याएको हो ।

पत्रकारहरुले अबका दिनमा मल्टिमिडिया र सुचना प्रविधिको ज्ञान विना गर्न नसक्ने तर्फ मध्यनजर गर्दै फोटोसप र भिडियो मिक्सीगं सम्वन्धी तालिम सञ्चालनमा ल्याइएको आयोजक प्रेस चौतारी इटहरीका अध्यक्ष रेवती निरौलाले जानकारी दिए ।

इटहरी उपमहानगरपालिका वडा नम्बर ९का वडाध्यक्ष जितेन्द्र थापाको प्रमुख आतिथ्यमा सुरु भएको तालिममा २० जना पत्रकारहरुको सहभागिता रहेको छ ।  इटहरीको व्रिटिश एजुकेशनको सभा हलमा सञ्चालन भई रहेको तालिममा विसप ताम्राकार , हिमाल दाहाल तथा व्रिटिश एजुकेशनका आइ टि इन्चार्ज हेमनारायण राजवंशीले फोटोसप सम्बन्धी र दिपेश खतिवडा र कृष्णचन्द्र सुवेदीले भिडियो मिक्सीगं सम्वन्धीत सहभागीहरुलाई सहजिकरण गर्ने आयोजक संस्थाका उप सचिव खगेन्द्र विकले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved