नेपाली कथानक चलचित्र "प्रकाश" प्रदर्शनको अन्तिम चरणमा

  • श्रावण २३, २०७९
  • १४२९ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : नेपाली कथानक चलचित्र "प्रकाश" ले प्रदेश १ को विर्तामोड र इटहरीमा पत्रकार सम्मेलन गरी प्रदर्शनको अन्तिम तयारीमा रहेको जानकारी दिएको छ । चलचित्र प्रकाश नेपाली समाजको यथार्थता भएको कलाकारले बताएका छन् ।

आगामी भदौ १० गतेबाट रिलिजको तयारीमा रहेको चलचित्रमा जनयुद्धका कारण वेपत्ता आफ्ना श्रीमान् र पितालाई पर्खिरहेका परिवारको कथा देखाइएको छ । कर्णालीको परिवेशका पहिरन, संवाद र शैलीमा कलाकारहरूलाई जीवन्त देखाइएको छ । सरकारी स्कुलको जागिर खानका लागि एक युवाले गर्ने संघर्षलाई चलचित्र मार्फत देखाइएको छ ।

चलचित्र जुम्लामा छायाङ्कन गरिएको भएपनि नेपाली समाजको यथार्थता, भोगाइलाई तथा समस्यालाई कथामा देखाउन खोजिएको नायक प्रदीप खड्काले बताए । चलचित्रमा जुम्लाको गरिब परिवारको विपन्नतामा हुर्केका एक सदस्य प्रकाशको शिक्षक बन्ने सपना र त्यससँग उनको सपना पूरा गर्न जोडिएका विभिन्न घटनाक्रमलाई प्रस्तुत गर्न खोजिएको छ ।

चलचित्रकी नायिका दिया मास्केले नेपाली जन-जीवनलाई वास्तविक रुपमा चित्रण गरिएको उल्लेख गर्दै उनले दर्शकबाट अत्याधिक माया पाइने विश्वास व्यक्त गरीन्  ।

चलचित्रमा प्रदीप खड्का सँगै दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ । विकास सुवेदीको लेखनमा तयार भएको चलचित्रलाई ‘प्रसाद’ फिल्मका निर्देशक दिनेश राउतले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved