प्राईम भिजन कलेजको ५ औं वार्षिक उत्सव सम्पन्न

  • श्रावण ८, २०७९
  • ६८५ पटक पढिएको
  • न्यू पाटी
alt

धरान : सामाजिक, व्यवसायिक र व्यवहारिक शिक्षाको विकासमा जोड दिँदै धरानमा सञ्चानमा रहेको प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले आफ्नो ५ औं बार्षिक उत्सव धुमधामकासाथ मनाएको छ । उत्सवको अवसर पारेर कलेजले कक्षा १२ को परिक्षा दिएका विद्यार्थीहरुलाई विदाई कार्यक्रमको पनि आयोजना गरेको थियो ।

कलेजका डाइरेक्टर अनिल श्रेष्ठको अध्यक्षता तथा धरान उप महानगरपालिकाका उप प्रमुख आइन्द्र बिक्रम वेघाको प्रमुख आतिथ्यतामा भएको उक्त उत्सवमा बिभिन्न बिधामा छनौट भएका बिद्यार्थीहरुलाई पुरस्कृत पनि गरिएको थियो ।

कलेजले "स्टुडेन्ट अफ द इयर" बाट मेला राईलाई सम्मान गरेको थियो भने "हस्पिटालिटि साईनिगं स्टार" एलिना राई भएकि थिइन् । यसैगरि बिद्यार्थीको छनौटबाट "बेष्ट टिचर अफ द इयर" को उपाधि होटल म्यानजमेन्ट तर्फ संगीत सिग्देलले पाएका थिए भने नवराज बिष्टले कमर्सबाट उपाधि हासिल गरेका थिए । त्यस्तै" वेष्ट ईम्प्लोई अफ द इयर" रोस्मिता श्रेष्ठले पाएकि थिइन् । 

Screenshot_2022-07-24-19-03-54-644_com.miui.gallery

उक्त कार्यक्रममा कलेजले आफ्ना शेयर सदस्यलाई ढाका टोपी र दोसल्ला ओढाएर सम्मान गरेको थियो । सो कार्यक्रममा धरानको शैक्षिक अभियानमा प्राईम भिजन कलेजको महत्वपूर्ण योगदान रहेको भन्दै यसलाई उच्च सम्मान गर्नु पर्ने प्रमुख अतिथि उप मेयर आईन्द्र बिक्रम वेघाले बताए ।

Screenshot_2022-07-24-19-01-51-096_com.miui.gallery

कार्यक्रममा इलाका प्रशासन कार्यलय धरानका प्रशासकिय अधिकृत लोकमान श्रेष्ठ, धरान वडा नं १० का वडा अध्यक्ष विवेक राई लगायत बिभिन्न कलेजका प्रधानाध्यापक, डाईरेक्टर लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved