१ नम्बर प्रदेशको नाम नजुर्ने आशंका

  • असार ३०, २०७९
  • ५०३ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : प्रदेश सभाको समयावधि सकिन पाँच महिना मात्र बाँकी रहेको समयमा १ नम्बर प्रदेश सभाले प्रदेशको नाम नै नराखी सकिने आशंका वढी रहेको छ ।

मुलुक संघीयतामा गएसंगै ७ वटा प्रदेशमा विभाजन गरिएकोमा ६ वटा प्रदेशले नाम राखिसकेका छन् भने १ नम्बर प्रदेशले भने हाल सम्म नाम जुराउन सकेको छैन । प्रदेश सभाको समयावधि सकिन लागेको समयमा नाम कै लागि प्रदेश सभाको वैठक राख्ने तयारी भई रहेको छ तर सत्तामा रहेका गठवन्धनका दलहरु विचमै नामका विषयमा सहमति जुट्न सकेको छैन । 

सरकारमा रहेको सबै भन्दा ठुलो दल नेपाली काँग्रेसले सप्तकोशी नाम प्रस्ताव गरेको छ । सरकारको नेतृत्व गरेका मुख्य मन्त्री राजेन्द्र राई भने पहिचानको विकल्पमा आफु नभएको अझै दावी गरिरहेका छन् ।

सुनसरीको इटहरीमा आयोजित 'एक प्रदेश एक सांस्कृतिक कार्यक्रम' को समापनका प्रमुख अतिथी समेत रहेका राईले आफु किराँतको पक्षमा अझै अडिक रहेको वताएका हुन् । उनले आफुहरुले मान्दै आएको देवी देवताको कसम खादै मुख्य मन्त्री, दल त्याग्नु परेपनि आफु त्याग्न तयार रहेको तर नामका सवालमा पहिचानकै पक्षमा रहेको स्पष्ट पारेका हुन् ।

संघीय सरकारको आर्थिक सहयोग तथा १ नम्बर प्रदेश पर्यटन तथा संस्कृति मन्त्रालयको आयोजना तथा किराँत समुदायसंग आवद्ध राई लिम्वु, याख्या र सुनार जातिको संयुक्त संयोजन रहेको कार्यक्रमको समापन समारोहलाई मुख्य मन्त्री राई सम्वोधन गर्दै थिए ।

दुई दिन सम्म चलेको सो कार्यक्रमा किराँत समुदायका विभिन्न पक्षका विषयमा डा.तारामणी राई, प्रेम एक्तेन लगायतले कार्यपत्र प्रस्तुत गरेका थिए । दोस्रो दिन जातिय झााँकी,भेषभुषा र खानाको प्रर्दशनी सहित कार्यक्रम समापन गरियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved