मेयर हर्क साम्पाङ्को अभियानमा साथ दिँदै प्राइम भिजन कलेज

  • असार २५, २०७९
  • ७८३ पटक पढिएको
  • न्यू पाटी
alt

धरान : वातावरण संरक्षण र बढ्दो इन्धन खपतलाई न्युनिकरण गर्ने उद्धेश्यले प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेज र जाइण्ट बाइक धरान बीच दैनिक रुपमा साइकलको प्रयोग गर्न बिद्यार्थीलाई प्रोत्साहन गर्ने सम्झौता भएको छ ।

धरानका मेयर हर्क साम्पाङ्ग (राई) को उपस्थितिमा भएको उक्त सम्झौतामा प्राइम भिजन कलेजका तर्फ बाट कलेजका सी. इ. ओ अभिषेक श्रेष्ठ र जाइण्ट बाइकका तर्फ बाट धरान डिलर कृष्ण केसीले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए । 

उक्त सम्झौता बारे जानकारी दिँदै कलेजका निर्देशक अनिल श्रेष्ठले सम्झौता अनुसार प्राइम भिजनमा अध्यनरत बिद्यार्थीलाई साइकल खरिद र प्रयोगमा प्रोत्साहन स्वरुप कलेज र जाइण्ट बाइकको तर्फबाट नगद छुट र वार्षिक रुपमा मर्मतहरुमा बिशेष छुटको व्यवस्था रहेको जानकारी गराए । 

सम्झौतामा हस्ताक्षर गरिसकेपछि कलेजका सी. इ. ओ अभिषेक श्रेष्ठ र जाइण्ट बाइकका धरान डिलर कृष्ण केसीले संयुक्त रुपमा यो अभियानले बिद्यार्थीहरुलाई स्वास्थ्य र वातावरणलाई सुन्दर बनाउन सहयोग गर्ने जानकारी गराए साथै सम्पूर्ण बिद्यार्थीलाई यो अभियानमा साथ दिन र साइकल प्रयोग गर्न समेत आग्रह गरे ।

मेयर साम्पाङ्गले आह्वान गरेको ५००० विरुवा वृक्षारोपण अभियान अन्तर्गत शनिबार धरान १४ स्थित विजयपुर पन्चकन्या मन्दिर परिसरमा भएको वृक्षारोपण कार्यक्रममा प्राइम भिजनका बिद्यार्थी तथा शिक्षकहरु र अन्य धराने जनताको उपस्थितिमा कलेज द्वारा २ थान फोहोर फाल्ने डसबिन मेयर साम्पाङ्गलाई हस्तान्तरण गरिएको थियो । 

IMG_20220709_135204

गत बैशाखमा धरानमा सम्पन्न "ईस्ट टुरिजम मार्ट २०२२" का बेला बिद्यार्थीले विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना गरि उठाएको रकमबाट धरानको वातावरणलाई संरक्षण गर्न टेवा पुगोस् भन्ने हेतुले फोहोर फाल्ने डसबिन खरिद गरि मेयर साम्पाङ्गलाई हस्तान्तरण गरिएको कलेजका कार्यक्रम संयोजक संगीत सिग्देलले जानकारी दिए र सो डसबिनलाई पन्चकन्या मन्दिर र बुढासुब्बा मन्दिर परिसरमा राख्नलाई मेयर साम्पाङ्गले अनुरोध गरेको समेत उनले बताए ।

सिंहदेवी चौक देखि सरसफाई गर्दै दन्तकाली मन्दिर परिसर हुँदै पन्चकन्या मन्दिरमा पुगेर डसबिन हस्तान्तरण गरेका प्राइम भिजन कलेजका विद्यार्थी तथा शिक्षकहरूले बुढासुब्बा मन्दिर परिसरमा सरसफाई गरेर कार्यक्रमको समापन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved