धनकुटा : राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर धनकुटामा समृद्धिका लागि वन भन्ने नाराका साथ धनकुटाको सल्लेरी राष्ट्रिय वनमा वृक्षारोप गरि मनाइयो । डिभिजन वन कार्यालय धनकुटाको आयोजनामा सल्लेरी राष्ट्रिय बन क्षेत्रमा विभिन्न जातका विरुवा रोपेर राष्ट्रिय वृक्षारोपण दिवस मनाइएको हो ।
सल्लेरी राष्ट्रिय वनको कार्यक्षेत्र ५ र ६ साथै भिमदल गण सल्लेरी व्यारेकको परिसर क्षेत्रमा समेत गरी १दशलव ९ हेक्टरमा बृक्षारोपण गरियो । धनकुटाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको प्रमुख आतिथ्य तथा डिभिजनल बन अधिकृत मेघराज राईको अध्यक्षतामा खोटेसल्ला, कल्की फुल, तेजपात, कपुर र समी लगायतका विभिन्न जातका तीनहजार दुईसय वृक्षारोपण गरियो ।
राणकालिन देखि संरक्षण गरिदै आएको सल्लेरी बन क्षेत्रका खाली ठाउँमा वृक्षारोपण गरिएको डिभिजन वन अधिकृत राईले जानकारी दिए । कार्य योजनामा उल्लेख भए अनुसार पुराना रुखहरुलाई बार्षिक रुपमा कटान गरी नयाँ सल्ला र विभिन्न जातका विरुवा रोप्ने योजना अनुसार राष्ट्रिय वृक्षारोपण दिवसका दिन सो क्षेत्रमा वृक्षारोपण गरिएको राईले वताए । वृक्षारोपणमा जिल्लाका सुरक्षा निकाय साथै सरकारी तथा गैरसरकारी क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved