वर्षाको कारण नेपाल एसिया कपमा छनोट हुन असफल

  • असार १०, २०७९
  • ३३४ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं : एसीसी महिला टी–२० च्याम्पियनसिपमा पहिलो सेमिफाइनलको खेल वर्षाले प्रभावित हुँदा नेपाल बाहिरिएको छ । यूएई फाइनलमा पुगेको छ ।शुक्रबार नेपाल र युएईबीचको पहिलो सेमिफाइनल खेल वर्षाको कारण पूरा हुन नसकेपछि नेपाल बाहिरिएको हो ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको यूएईले नेपाललाई ८२ रनको लक्ष्य सामान्य लक्ष्य दिएको थियो। यूएई १९ ओभर ५ बलमा ८१ रनमा समेटियो । मलेसियाको किनरारा मैदानमा पानी परेपछि नेपाल र यूएईबीचको खेल हुन सकेन । युएईका लागि वैष्णवी महेशले सर्वाधिक १६ रन बनाईन् । यस्तै, इशा रोहितले १५, कप्तान छाया मुघलले १४ तथा खुसी शर्माले १२ रन बनाइन् ।

नेपालकी अश्मिना कर्माचार्यले ५, इन्दु वर्माले ३ तथा सीता रानाले २ विकेट हात पारिन् । तर, दोस्रो इनिङ हुन नसकेपछि नेपाल बाहिरिएको हो । पहिला पनि वर्षाका कारण ३० मिनेट ढिला भएको खेल अन्ततः फेरि वर्षाले प्रभाव पारेपछि युएईलाई भाग्यले साथ दियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
राष्ट्रपतिले सर्वसाध ...

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई दशैँको टीका लगाइदिने हुनुभएको छ । राष्ट्रपत ...

इटहरीमा चाडपर्वहरु क ...

इटहरी : दशै तिहार लगायतका चाडपर्वहरु केन्द्रीत बजार सुरु भई सकेको छ । दशै सुरु भएसंगै उपभोक्ताहरुको ...

पछिल्लो २४ घण्टामा ड ...

काठमडौं : पछिल्लो २४ घण्टामा डेंगीका कारण एक हजार ५१ जना संक्रमित थपिएका छन् । सोमबारसम्म २५ हजार ५४ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2022 - Newpati.com - All rights reserved