हजुरआमालाई कर्तब्य गरी हत्या गर्ने नाती पक्राउ

  • असार १०, २०७९
  • ५२१ पटक पढिएको
  • न्यू पाटी
alt

खोटाङ : खोटाङको बाराहपोखरी गाउँपालिका-५ स्थित दुधकोशी नदीको बगरको खल्डोमा संकास्पद अवस्थामा फेला परेको महिलाको शवको पहिचान भए सगै कर्तब्य गरी हत्या गर्ने नातीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका-३ का २९ बर्षीय हरी भन्ने निर बहादुर खडका रहेका छन ।
 
बैशाख ३१ गते दुधकोशी नदी किनारमा सडी गली सकेको संकास्पद अवस्थामा फेला परेको बेवारिसे महिलाको शवको पहिचान तथा अनुसन्धानको क्रममा खोटाङको जन्तेढुंगा गाउँपालिका-५ चिसापानी खुट्टा घर भई हाल इटहरी उप-महानगरपालिका-१६ बालग्राम सुनसरीमा डेरा गरी बस्ने ७७ बर्षीया तुलसा खडका रहेको भन्ने खुल्न आए संगै हत्यामा संलग्न रहेका नाती निर बहादुर खडकालाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।  
 
हजुरआमाको कर्तब्य गरी मारी भागी फरार रहेका खडकालाई १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा झापाको मेचीनगर नगरपालिका-६ काँकरभिट्टा स्थित नेपाल भारत सिमा क्षेत्रमा लुकीछिपि बसिरहेको अवस्थामा असार ८ गते बिहान पक्राउ गरेको हो ।  
 
पक्राउ परेका खडकाले हजुरआमा तुलसा खडकालाई स्थानिय तहको निर्वाचनमा भोट हाल्न भनि बैशाख २६ गते इटहरी बालग्रामबाट चिसापानी खोटाङ लिई गएकोमा बराहपोखरी-५ स्थित दुधकोशी नदीको बगरमा कर्तब्य गरी मारी खाल्डोमा पुरी भागी फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।  पक्राउ परेका खडकाको कर्तब्य ज्यान सम्वन्धि कसुरमा सम्मानित जिल्ला अदालत खोटाङबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved