प्राईम भिजन कलेज द्वारा आयोजित निःशुल्क हस्पिटालिटी म्यानेजमेन्ट तालिम सम्पन्न

  • असार ८, २०७९
  • ७२१ पटक पढिएको
  • न्यू पाटी
alt

धरान : धरानमा एडभान्स डिप्लोमा अध्यापन गराउँदै आएको प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले हालै SEE दिएका बिद्यार्थीलाई लक्षित गरि संचालित १० दिने निःशुल्क हस्पिटालिटी म्यानेजमेन्ट तालिम सम्पन्न भएको छ ।

प्राइम भिजन कलेजले आफ्नै भवनमा संचालन गरेको उक्त तालिममा बिद्यार्थीलाई होटल म्यानेजमेन्ट साथै विभिन्न व्यवहारिक बिषयहरुमा प्रशिक्षित गरिएको कलेजका कार्यक्रम संयोजक संगीत सिग्देलले जानकारी दिए ।

उक्त तालिममा होटल व्यवसाय सम्बन्धि जानकारी गरिएको थियो भने व्यवसायिक किचन सम्बन्धि तालिम, खानालाई कसरी ग्राहक माझ प्रस्तुत गर्ने, समूहमा बोल्न सक्ने क्षमताको अभिवृद्धि, व्यक्तित्व विकास जस्ता विभिन्न व्यवहारिक बिषयहरुमा सहभागीहरुलाई प्रत्येक विधाका बिघ्यद्वारा सहजीकरण गरिएको थियो ।  

तालिमको अन्तिम दिन सम्पूर्ण सहभागी बिद्यार्थीलाई उज्वल भविष्यको शुभकामना ब्यक्त गर्दै कलेजका निर्देशक अनिल श्रेष्ठले प्रमाण पत्र बितरण गरेका थिए ।

तालिममा उपस्थित एक बिद्यार्थीले यो तालिम भिन्न खाल्को रहेकाले रोचक र जिवनोपयोगी भएको र यस बाट हाम्रो ज्ञान र सीप बिकाश मा मद्दत मिलेको बताए ।

बिगत ५ बर्ष देखि होटेल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषय अध्यापन गराउँदै आएको प्राइम भिजन कलेजले बिद्यार्थीको क्षमता अभिवृद्धि हुने खालका विभिन्न कार्यक्रमहरु समय-समयमा आयोजना गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved