जनता माध्यमिक विद्यालयको ६५ औं वार्षिक उत्सव सम्पन्न

  • असार ६, २०७९
  • ५२४ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री राजन राईले शिक्षालाई गुणस्तरिय, व्यवहारिक र व्यवसायीक बनाउन नीतिगत रुपमा सुधार गर्नुपर्ने बताएका छन् ।

सुनसरीको इटहरीमा जनता माध्यमिक विद्यालयको ६५ औं वार्षिक उत्सव तथा अभिभावक दिवसका अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथी मन्त्री राईले पछिल्लो समयमा पाठ्यक्रममा सुधार आइरहेको भएपनि अझै सुधारको खाँचो रहेको बताएका हुन् ।

कलेजको पढाई पुरा गर्ने वित्तीकै जीवन निर्वाह गर्न सक्ने पेशा अपनाउन सक्षम हुने अवस्था अहिले सम्म नरहेको भन्दै प्रदेश सरकारले शिक्षा क्षेत्रको सुधारका लागि गुणस्तरिय, व्यवहारिक र व्यवसायिक शिक्षाका लागि नीतिगत रुपमा सुधार गर्ने अभियानमा रहेको समेत मन्त्री राईले जानकारी गराए । जनता माविको पठनपाठन राम्रो रहेको र आफुले नजिकबाट निहालेकोे भन्दै मन्त्री राईले अझ सफताको शुभकामना समेत दिएका थिए ।

विद्यालयको बार्षिक उत्सव तथा अभिभावक दिवसका अवसरमा आयोजित सो कार्यक्रममा विद्यालयको आर्थिक वर्ष २०७७/०७८ को लेखापरिक्षण प्रतिवेदन, आव २०७७/०७८ को सामाजिक परिक्षण प्रतिवेदन विद्यालयका प्रध्यानाध्यापक पशुपति सिग्देलले प्रस्तुत गरेका थिए ।

IMG-20220620-WA0035

विद्यालयमा अध्ययनरत विभिन्न कक्षाका ३७ जना विद्यार्थीहरुलाई छात्रावृति समेत वितरण गरिएको थियो । त्यसै गरी कक्षागत रुपमा प्रथम, द्वितीय र तृतिय हुने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । वार्षिक उत्सव तथा अभिभावक दिवस विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशी नाथ दंगालका अध्यक्षता रहेको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्षहरु फुलराज सुवेदी, कमल राज रेग्मी, विद्यालयका पुर्व प्रधानध्यापक प्रेमप्रसाद न्यौपाने, छत्रपति ढुङ्गेल, बलराम पोखरेल, अक्षयकोष दाताहरु लेखनाथ घिमीरे, पुजा उपाध्याय बराल, हिरामणी घिमीरे, अभिषेक नेपाल, पुन्यप्रसाद न्यौपाने लगायतको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved