बैक ब्याज बढाइएको तथा दोहोरो कर लगाइएको भन्दै इटहरीमा व्यवसायीहरुद्वारा प्रर्दशन

  • जेठ ३१, २०७९
  • ८९७ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : बैक ब्याज बढाइएको तथा दोहोरो कर लगाइएको भन्दै सुनसरीको इटहरीमा व्यवसायीहरुले सरकारको विरोध गरेका छन् । इटहरी चेम्बर अफ कमर्सको आयोजनामा व्यवसायीहरुले "बैक ब्याज घटाउनु पर्ने-दोहोरो कर हटाउनु पर्ने" लगायतको माग राखी विरोध प्रर्दशन गरेका हुन् ।

इटहरी उपमहानगरपालिका अगाडि "व्यवसायीहरुले ब्याज दर सगरमाथा चढिसक्यो तपाई कता हो गर्भरनर ज्यु" भन्ने नारा सहित कालो पट्टी सहित विरोध प्रर्दशन गरेका थिए । विरोध प्रर्दशनका क्रममा इटहरी चेम्बर अफ कमर्सका अध्यक्ष गणेश कटुवालले व्यापार व्यवसायमा सहज हुने नीति ल्याउनु पर्नेमा सरकारले व्यापार व्यवसायका लागि समस्या हुने गरी नीति वनाएको आरोप लगाए । उनले पुंजिगत खर्च अध्यावधिक गर्नुको सट्टा ऋण र अनुदानमा मुलुक चलाउँदा व्यापारी व्यवसायीहरु दोहोरो कर र ट्यासको मारमा परेको गुनासो गरेका थिए ।

प्रर्दशनमा सहभागी धनश्याम बरालले बैक व्याजमा छुट भनिए पनि बढेको पाइएको वताउँदै यस्तो कार्यको विरोधमा उत्रनु परेको गुनासो गरे ।

इटहरी चेम्बर अफ कमर्सका पुर्व अध्यक्ष तारा कटुवालले करको दर, व्याजदर बढेको छ, व्यवसायमा लागत बढेको छ भन्दै मुल्यवृद्धि भएकाले त्यसको विरोधमा प्रर्दशनमा उत्रन वाध्य भएको जानकारी गराए ।

इटहरीबाट सुरु भएको व्यापार व्यवसाय विरोध सरकारको नीतिको क्रमिक रुपमा सर्वत्र विरोध हुने विरोध प्रर्दशनमा सहभागीले प्रतिक्रिया दिएका छन् । केही दिन अघि नेपाल सरकारको तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेट व्यवयासी मैत्री नभएको आरोप प्रर्दशनकारीको रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved