गछिया जेसिजको ९ औं स्थापना दिवस सम्पन

  • जेठ १८, २०७९
  • ५५४ पटक पढिएको
  • न्यू पाटी
alt

मोरङ : मोरङको गछिया जेसिजले आफनो ९ औं स्थापना दिवस एक कार्यक्रमको आयोजना गरि मनाएको छ ।

नेतृत्व तथा व्यक्तित्व विकासका साथै सामाजिक गतिविधि गर्दै आएको गछिया जेसिजले एक औपचारिक कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको हो ।

संयोजक संयोग ढकालको अध्यक्षतामा भएको कार्यक्रममा गछिया जेसिजका पुर्व पदाधिकारीहरुलाई सम्मान गरिएको थियो । एक अर्कामा खुशियाली साट्दै मनाइएको जन्मोत्सवको अवसरमा प्रमुख अतिथी गछिया जेसिजका सस्थापक अध्यक्ष दुर्गा प्रसाद घिमीरे लगायतले केक काटेका थिए ।

विगत ९वर्ष देखि गछिया क्षेत्रमा सामाजिक गतिविधि सञ्चालन गर्दै आएको गछिया जेसिजका वर्ष २०२२का अध्यक्ष मदन दहालले विपदमा परेकाहरुलाई खाद्यान्न सहयोग गर्ने देखि लिएर युवाहरुलाई नेतृत्व तथा व्यक्तित्व विकासका लागि तालिम प्रदान गर्दै आएको वताए l

कोरोना कहरले सवै क्षेत्र तहसनहस वनाएको अवस्थामा पनि गरिव विपन्न वर्गका मानिसहरुलाई चामल वितरण गर्ने काम समेत गछिया जेसिजले गरेको थियो । विगतमा गरेका कामहरुको स्मरण गर्दै सस्थापक अध्यक्ष दुर्गा प्रसाद घिमीरे गछिया जेसिजले युवाहरुलाई नेतृत्व विकासका लागि तालिम सञ्चालन गर्दै आएको तथा व्यक्तिमा निहित क्षमता प्रस्फुटन गराउने काम गर्दै आएको वताए ।

कार्यक्रममा निर्वतमान रविन सिटौला पुर्व अध्यक्षहरु मनोज रेग्मी, लक्ष्मी न्यौपाने, नेत्रप्रसाद दुलाल, बोधराज रिजाल कानुनि सल्लाहकार प्रदिप विष्ट उपाध्यक्ष पप्पु साह सदस्य नवराज पोखरेल लगायतको उपस्थिती रहेको थियो ।

गछिया जेसिज सुन्दरहरैचा नगर क्षेत्रमा सामाजिक मानविय सेवाका क्षेत्रमा अग्रपंतीमा रहेर सहभागिता जनाउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved