काठमाण्डौं : आगामी आर्थिक वर्ष २०७९/८० मा सुनसरीबाट संसारको सर्वोच्च शिखर सगरमाथा पुग्न सकिने गरी सडक बनाउने घोषणा भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले चतरा-सगरमाथा द्रूतमार्ग निर्माण गर्ने उद्घोष गरेका हुन् ।
यो बाटो निर्माण भइसकेपछि चतराबाट दुई घण्टामै सोलुखुम्बुस्थित सगरमाथा हिमाल पुगिने उनले बताए । चालू आर्थिक वर्षको बजेटमा प्रदेश सरकारले पनि सगरमाथा द्रूतमार्ग परियोजना सुरु गर्ने बताएको थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved