कांग्रेस र एमालेको मनाङमा विजयी सुरुवात

  • बैशाख ३१, २०७९
  • १६५ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाण्डौं : स्थानीय तह निर्वाचन २०७९ मा देशका विभिन्न पालिकाहरुमा मतगणना सुरु भएको छ । मनाङका दुई पालिकाका अन्तिम नतिजा सार्वजनिक भइसकेको छ ।

चामे गाउँपालिकाबाट नेकपा एमालेबाट अध्यक्ष पदमा पुनः एमालेका लोकेन्द्रबहादुर घले निर्वाचित हुनुभएको छ । उहाँले ३२० मत ल्याउँदा नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत पाउनुभयो । यसअघि घले २०७४ सालको निर्वाचनमा २१४ मत ल्याएर विजयी हुनुभएको थियो । उपाध्यक्षमा नेपाली कांग्रेसकी मिङ्मर डोल्मा लामा ३२५ मत ल्याएर विजयी हुँदा एमालेकी आशाकुमारी गुरूङले २७४ मत ल्याउनुभयो ।

त्यस्तै चामेको वडा नम्बर १ को अध्यक्षमा एमालेका र २ नम्बरमा कांग्रेसका वडाध्यक्षा निर्विरोध निर्वाचित भएका थिए । वडा ३ र ४ मा पनि नेपाली कांग्रेसकै उम्मेदवार विजयी भएका छन् । वडा नम्बर ५ मा वडा अध्यक्षमा दुवै दलका उम्मेदवारले ३०–३० मत पाउदा गोलाप्रथाबाट एमालेका उम्मेदवार विजयी भएका छन् ।

त्यस्तै, मनाङकै नार्पाभूमिबाट कांग्रेसले पनि खाता खोलेको छ । पालिका अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा १५८ मत ल्याएर लामा विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्ववी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १११ मत ल्याउनुभयो ।

४ सय ८४ मतदाता रहेको गाउँपालिकामा ३०४ मत खसेको थियो । ३५ मत भने बदर भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved