बृद्व भत्ता अझै पनि एमालेको चुनावी कार्ड !

  • बैशाख २४, २०७९
  • ७४७ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वडामा एक्लै लड्न नसक्नेले देश चलाउन नसक्ने भन्दै नेपाली काँग्रेस नेतृत्वको गठवन्धनलाई कटाक्ष गरेका छन ।

सुनसरीको इटहरीमा एमालेको नगरस्तरीय वृहत चुनावी जनसभालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले अहिलेको गठवन्धनको सरकार वैतिक स्वार्थ अहंकार ईश्या र डाहा यस्तै कुराबाट बनेको सरकार भएकाले केही गर्न नसक्ने आरोप समेत लगाए ।

पुर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले गठवन्धनसंग के गर्ने भन्ने गन्तव्य छैन यो त जसरी भएपनि सरकार बनाउने वाडीचुडी खाने नातागोता पार लगाउनेमा मात्र लागेको बताउदै उनले अवको निर्वाचनमा यस्तालाई जित्न दिनेकी समृद्धि र विकासको एजेण्डा भएको एमालेलाई जिताउने भनेर प्रश्न गरे ।

मनमोहन अधिकारी नेतृत्वको एमालेको अल्पमतको सरकारले सुरु गरेको वृद्ध भत्ता वितरण गर्ने नीति एमालेको मुख्य चुनावी नारा त्यस समय देखि बन्दै आएको छ । इटहरी आएका ओलीले पनि रमाइलो शैलीमा वृद्ध भत्तालाई चुनावी कार्डका रुपमा प्रयोग गरे । उनले मानिसको बाच्ने इच्छा समेत एमालेले जगाएको वताउदै अव वृद्ध भत्ता नसमाती प्रयोग नगरी कोही पनि मरौला भन्ने चिताउने छैन उनाले भने ।  

पुर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली चुनावी अभियान अन्र्तगत विभिन्न ठाउँका कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा सुनसरी आईपुगेका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved