बराहक्षेत्र नगरपालिकामा आर्थिक अनियमितता भएको भन्दै अर्थ बिश्लेसक द्वारा पत्रकार सम्मेलन

  • बैशाख २४, २०७९
  • ११७७ पटक पढिएको
  • रन्जना पौडेल
alt

सुनसरी : स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सुनसरीको बराहक्षेत्रमा भने नगरप्रमुखको उम्मेद्बारी प्रति अर्थ बिश्लेसकहरू असन्तुष्ट देखिएका छन् । अघिल्लो ५ वर्षको कार्यकाल सकेर पुनःमेयर पदमा उम्मेद्बारी दिएका नगरपालिकाका तत्कालिन प्रमुख निलम खनालप्रति अर्थ बिश्लेसकहरु असन्तुष्ट बनेका हुन् । 

अघिल्लो ५ बर्से कार्यकालमा नगरको बिकाश निर्माणमा चरम अनियमितता भएको भन्दै खनाल नगरकै भ्रष्ट र असक्षम मेयर भएको पत्रकार सम्मेलन मार्फत अर्थ बिश्लेसक देवी प्रसाद दाहालको समूहले बताएका छन् । महालेखा परिक्षकको कार्यालयले पटक पटक सुधार गर्न आग्रह गर्दा समेत मेयर खनालले बजेटको दुरुपयोग र आफ्नै मनमानी गरेको अर्थ बिश्लेसक दाहालको भनाई रहेको छ ।

अघिल्लो ५ बर्से कार्यकालको समिक्षाको आधारमा भ्रस्टाचारलाई बढावा दिएको हुँदा पुनः खनाल मेयर पदमा दोहोरिनु नहुने दाहालले बताए । मेयर खनालले नगर प्रमुख रहँदा गरेको भ्रस्टाचार तथा अनियमितताको प्रमाण २०७५ साल देखि ७८ साल सम्मको महालेखा परिक्षककको कार्यालय काठमाण्डौले तयार पारेको वार्षिक प्रतिवेदनमा पनि उल्लेख रहेको बिश्लेसक दाहालले जानकारी दिएका छन् । 

आगामी बैशाख ३० गते हुने स्थानिय निर्वाचनमा उनलाई मत हाल्नु या दिनुभन्दा अघाडी खनालले ५ वर्षको अवधिमा के के बिकाश गरे कति आर्थिक अनियमितता गरे त्यो बिचार गरेर मात्र भोट हाल्न नगरवासीहरुलाई बिश्लेसकहरूले अनुरोध गरेका छन् । 

बराहक्षेत्र नगरपालिकामा पछिल्लो ७५ साल देखि नै महालेखा परिक्षकको कार्यालयले करोडौं बेरूजु सहित बिकाश निर्माणका कामहरूमा पनि भ्रष्टाचार तथा अनियमितता हुने गरेको औंल्याउदै आएको प्रतिवेदन पनि पत्रकार सम्मेलनमा देखाईएको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved