मासु बोकेर सिड्नी विमानस्थल पुगेकी महिलाको भिसा रद्द

  • मंसिर १७, २०७६
  • २१९ पटक पढिएको
  • न्यू पाटी
alt

सिड्नी । मासु बोकेर अष्ट्रेलियाको सिड्नी विमानस्थल पुगेकी एक महिलाको भिसा रद्द भएको छ । अक्टोबरको दोस्रो साता मासुसहित अन्य खाद्यान्न बोकेर सिड्नी पुगेकी एक भियतनामी महिलाको भिसा रद्द भएको हो । भिसा रद्द भएपछि उनलाई सिड्नीको अध्यागमनले आफ्नो देश फिर्ता समेत गरेको थियो ।

४५ वर्षीय भियतनामी महिला १० किलो स्क्विड, बट्ट्याईं र करिब साढे ४ किलो सुँगुरको मासु तथा केही अण्डा लिएर सिड्नी पुगेकी थिइन् । सिड्नीमै बस्दै आएकी महिलाले आफूले ल्याएको सामनको बारेमा जानकारी नै नगराउँदा उनको भिसा रद्द भएको हो ।


अष्ट्रेलियाको सङ्घीय कृषि मन्त्री ब्रिजेट मकेञ्जीले यस कुराको खुलासा गरेकी हुन् । कृषि मन्त्रालयले स्वाइन फिभर फैलाउनसक्ने भन्दै उनको सामान जफत गरेर आफ्नै देश फर्काएको हो ।

उनले ल्याएको सुँगुरको मासुले फिबर ल्याउन सक्ने आंकलन गर्दै अध्यागमनका कर्मचारीले उक्त निर्णय लिएको मन्त्री मकेञ्जीले बताएकी थिइन् । उनका अनुसार आगामी दिनमा मन्त्रालय यस्तो कुरामा थप कडाइ गर्ने बताएको छ । मन्त्रालयले यस्तो खानेकुरा आफ्नो नबोक्न समेत भनेको छ । यस्तो खानेकुरामाथि जैविक सुरक्षा सम्बन्धी कानुन लाग्ने व्यवस्था अष्ट्रेलियामा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved