हिमालयन इङलिस स्कुलको ३१ औं वार्षिक उत्सव सम्पन्न

  • बैशाख २०, २०७९
  • ४११ पटक पढिएको
  • न्यू पाटी
alt

बराहक्षेत्र : बराहक्षेत्र नगरपालिका वडा नं २ मा अवस्थित हिमालयन इङलिस स्कुलको ३१ औं वार्षिक उत्सव आज आफ्नो निजि भवनमा सम्पन्न भएको छ ।

वार्षिक कार्यक्रम अन्तर्गत परीक्षामा प्रथम, दोस्रो र तेस्रो हुने तथा खेलकुद प्रतियोगिता तथा अन्य विधाहरुमा विजयी हुने विधार्थीहरुलाई मायाको चिनो, मेडल र पुरस्कार प्रदान गरिएको थियो ।

त्यसै गरी समाजका विविध विकृति, विसङ्गति चिरफार गरी विकाश, सुशासन र गतिशिलता प्रदान गर्दै विगत लामो समयदेखि नागरिकहरुमा सहि सत्य सुचना सम्प्रेषणमा अहोरात्र खटिने बराहक्षेत्रका अग्रज पत्रकार हिमाल राई तथा सन्तोष गुप्तालाई सम्मान गरेको छ ।

himalayan prize

वार्षिक अवसरमा बिद्यार्थीहरुले विभिन्न भाषिक नेपाली गितमा रोचक नृत्यहरु प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए भने स्कुलमा कार्यरत शिक्षिकाहरुले पनि रोचक नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि बराहक्षेत्र नगरपालिका शिक्षा अधिकृत उत्तम भारति अतिथिहरु सारदा खड्का, हिमाल राई, सन्तोष गुप्ता लगायत अभिभावक, बिद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमको सभापतित्व स्कुलका प्रध्यानाध्यापक आलोक श्रेष्ठ गरेका थिए भने स्वागत मन्तव्य प्रदिप ठकुरीले दिनु भएको थियो ।

कार्यक्रम सन्चालक द्बय गोमा दाहाल तथा ऋषि आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved