केशव स्थापतिलाई निर्वाचन आयाेगले स्पष्टीकरण साेध्याे

  • बैशाख १९, २०७९
  • ४५७ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाण्डाै : नेकपा एमालेबाट काठमाण्डाै महानगरपालिकाकाे मेयरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको विषयमा स्पष्टीकरण सोधेको छ । 

काठमाण्डाैकाे एक कलेजसहित विभिन्न ठाउँमा स्थापितले दिएका अभिव्यक्तिले आचारसंहिता उल्लङ्घन गरेको उजुरी आएको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । बैैशाख १५ गते काठमाडौंमा गरिएको एक कार्यक्रममा प्रश्नकर्ताले सोधेको प्रश्नमा स्थापितले ‘यू आर नाइस लेडी तर थुतुनो राम्रो भएन’ भन्ने अभिव्यक्ति दिएका सन्दर्भमा आयोगले स्पष्टीकरण सोधेको हो ।

यसैबीच, महिला पुनर्स्थापना केन्द्र (ओरेक) सहित ४५ वटा संस्था र नेशनल कलेजलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । ओरेक र नेशनल कलेजलाई भने तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको अर्यालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved