इटहरीमा गठबन्धनको संकल्प पत्र सार्वजनिक, पर्यटन प्रवर्द्धनमा दलहरुको विशेष चासो

  • बैशाख १८, २०७९
  • ८२० पटक पढिएको
  • रन्जना पौडेल
alt

इटहरी: पूर्वको पर्यटकिय गन्तब्य बन्दै गएको इटहरी उपमहानगरपालिकालाई नेपाली कांग्रेसको अगुवाईमा भएको तीन दलिय गठबन्धनले आफनो साझा संकल्प पत्रमा पर्यटन प्रवर्द्धन  बिकासलाई विशेष चासो दिएको छ । आईतबार सार्वजनिक गरिएको सकल्पपत्रमा पर्यटन प्रवर्द्धन  संग सम्बन्धित भौतिक निर्माणलाई तिब्रता दिने उल्लेख गरिएको छ । पर्यटन ब्यवसाय बिकासलागि आगामी ५ बर्षभित्रमा सम्पन्न गर्न सक्ने लक्ष्यसिमा राखी त्यसै अनुरुप अगाडि बड्ने गठबन्धनको संकल्प रहेको गठबन्धनको तर्फ बाट नेपाली कंग्रेस इटहरीका नगर सभापती तथा गठबन्धनका साझा मेयरका उमेदवार हेमकर्ण पौडेलले बताए ।  

पर्यटन प्रवर्द्धन  संग सम्बन्धित संकल्प पत्रका बुदाहरुमा  

# ट्याङ्ग्रा खोलाको आवश्यक भागलाई क्लियर गरी दुवै तर्फ आकर्षक कोरिडोर निर्माण गर्ने ।

# पर्यटन प्रवर्द्धन  गर्न डुंगा संचालन गरिने ।

# आवश्यक स्थानीय क्षेत्रहरुसंग समन्वय गरी चारकोशे जंगलमा जंगल सफारी तथा चरा अवलोकनको व्यवस्था गरिने । 

# ताल तलैया क्षेत्रमा मनोरन्जन उद्यान, चिडिया घर, बोटानिकल गार्डन,रुखघरहरु निर्माण गरी सो क्षेत्रको एकिकृत विकास गरी आन्तरिक पर्यटन प्रवर्द्धन  गरिने ।

# नगरपालिकाको प्रशासनिक भवन भएको स्थानमा ब्यवसायिक भवन निर्माण गर्ने ।     

# इटहरी  नगर भित्र रहेका सम्पुर्ण धार्मिक तथा सांस्कृतिक तथा पर्यटकीय क्षेत्रहरुको आवस्यक जिर्णद्वार तथा स्तरोन्नति गरिने ।  

# नरभासामा ग्रीन पार्कको निर्माण गरिने साथै आमझोखीमा रहेको करिब ३० बिगाह जग्गामा अत्याधुनिक “बीरनारायण माझी स्मृति” पार्क स्थापना गरिने र पकलीमा रहेको थारु जातिको ऐतिहासिकता झल्कने भान्स्या पोखरीलाई पर्यटकीय गन्तब्यका रुपमा बिकास गरिने संकल्प संकल्प पत्रमा उल्लेख रहेको छ । उक्त पत्रमा शहरको समग्र बिकासमा आवस्यक पर्ने अन्य क्षेत्र हरु जस्तै शिक्षा,स्वास्थ्य, ढल निकास तथा खानेपानी,समाजिक सुरक्षा ,करका नितिहरु,नगरमा ब्याप्त बेरोजगारीका समस्या ,सुकुम्बासीका समस्या ,बाढी नियन्त्रण लगायत विषयहरुको उठान गर्दै निराकरणका नितिहरु सार्वजनिक गरिएको छ । संकल्प पत्रलाई नागरिकको पहुच सम्म पुगोस र यसैको आधारमा निर्वाचित प्रतिनिधिहरुलाइ झक्झक्याउन सकुन भन्ने उदेश्यले क्युआर कोड मार्फत संकल्प पत्र अध्ययन गर्न सकिने बताईएको छ ।IMG_20220501_162328

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved