नेपाली कांग्रेस : इनरुवा नगरपालिकामा घरदैलो अभियान सुरु

  • बैशाख १५, २०७९
  • ४५५ पटक पढिएको
  • न्यू पाटी
alt

इनरुवा : स्थानीय तहको निर्वाचनमा आफनो पक्षमा मत माग्न राजनैतिक दल तथा स्वतन्त्र उमेदवारहरुले प्रचारप्रसारलाई तिव्रता दिई रहेको समयमा नेपाली काँग्रेसले इनरुवा नगरपालिकामा घरदैलो अभियान सुरु गरेको छ ।

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका मतदाताहरुलाई आफनो पक्षमा मतदान गराउन आग्रह गर्न नेपाली काँग्रेसले उमेदवारहरु सहित घरदैलो अभियान सुरु गरेको हो ।

इनरुवा नगरपालिकाको वडा नम्बर ५ बाट घरदैलो कार्यक्रम सुरु गरेको हो । घरदैलो कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश नम्बर १का संसदीय दलका नेता राजिव कोइराला संघीय सांसद सिताराम मेहता लगायतको सहभागितामा उमेदवारहरु सहित नेता कार्यकताहरु मतदाताको घरघर पुग्न थालेका छन । वडा नम्बर ५बाट सुरु भएको घरदैलो अभियान सबै वडामा गरिने जनाइएको छ ।

 काँग्रेसका तर्फबाट इनरुवा नगरपालिकामा जिल्ला सभापति समेत रहेका केदार भण्डारी नगरप्रमुख र बिनिता मेहता उपप्रमुखका उमेदवार रहेका छन । घरदैलो कार्यक्रममा जारी रहेको वडा नम्बर ५मा वडाध्यक्षका उमेदवार अनिल पोखरेल लगायत वडा सदस्यका उमेदवारहरु पनि मत माग मतदाताहरुको घरघर पुगिरहेका छन । इनरुवा नगरपालिकाको निर्वाचनमा प्रतिस्पर्धीका रुपमा रहेका नेपाली काँग्रेस तथा एमाले , राजपा ,माओवादी लगायतका दल तथा स्वतन्त्र उमेदवारहरुले प्रचारप्रसारमा तिव्रता दिदै आएका छन ।

इनरुवा नगरपालिकामा ४२हजार ७सय ४८ मतदाता रहेका छन भने १९ मतदान स्थान ४७ मतदान केन्द्र रहेका छन । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved