पोखरेलको उम्मेद्बारीले वडाबासी उत्साहित

  • बैशाख १५, २०७९
  • ४३९ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : स्थानीय तहको निर्वाचनको मिति दिनप्रतिदिन नजिकीदै जादा चुनाव सरगर्मी बढ्न थालेको छ । राजनैतिक दलहरु आफना पक्षका उमेदवारहरुलाई जिताउन विभिन्न प्रकारले चुनावी प्रचारप्रसारमा लागि रहेका छन ।

 यता इटहरी उपमहानगरपालिका वडा नम्बर ६ मा सामाजिक क्षेत्रका लोकप्रिय व्यक्तित्व दिवस पोखरेको उमेदवारीले वडावासीमा उत्साह बढाएको छ ।

 इटहरीको मुटुको रुपमा रहेको बजार क्षेत्र पर्ने वडा नम्बर ६ बाट उद्योग वाणिज्य संघ इटहरीका बरिष्ठ उपाध्यक्ष समेत रहेका सामाजिक तथा विकास प्रेमी पोखरेलको उमेदवारीले वडावासीहरु उत्साहित भएका हुन ।

उद्योगी व्यवसायीहरुको हकहितका क्षेत्रमा विगत दुई दशक देखि उद्योग वाणिज्य संघको विभिन्न पदमा रहेर काम गर्दै आएका कारण वडामा पोखरेल लोकप्रिय रहेका छन । नेपाली काँग्रेसका तर्फबाट उमेदवार रहेका पोखरेलले बजार क्षेत्रमा सार्वजनिक शौचालय , नियमित सरसफाई , कौशी खेतीलाई प्रोत्साहन , खेलकुद ,कला साहित्य लगायतका विद्याहरुमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका विभिन्न प्रतियोगितामा सहभागी तथा विजेता हुने वडावासीलाई सम्मान तथा प्रोत्साहन गर्ने काम गर्ने ।

विगत लामो समय देखि व्यवसायीको हकहितका साथै सामाजिक सेवाका क्षेत्रमा सक्रिय रहदै आएका पोखरेल नेपाली सेनाको प्राविधिक सहयोगमा विगत १२ वर्ष देखि सञ्चालन हुदै आएको सामुदायिक सर्पदंश उपचार केन्द्र इटहरीका स्थापना देखि नै अध्यक्षको रुपमा रहदै आएका छन । सामुदायिक सर्पदंश उपचार केन्द्र इटहरीले हाल सम्म १५हजार बढी सर्पदंशका विरामीहरुलाई सेवा प्रदान गरिसकेको छ ।

नेपाल प्रेस युनियनका पुर्व केन्द्रीय सदस्य , नेपाल रेडक्रस सोसाईटी ,इटहरी जेसिज , द रेयुकाई नेपाल लगायतका संघसंस्थामा रहेर इटवारीवासीका हकअधिकार र सामाजिक सेवाका क्षेत्र सक्रिय रहदै आएका पोखरेल नागरिक समाज सुनसरीका कार्यवाहक अध्यक्षको समेत जिम्मेवारी समाली रहेका छन । इटहरी क्षेत्रमा आयोजना हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलकुद प्रतियोगिताका साथै यस क्षेत्रमा आयोजना गरिने विभिन्न किसिमका सामाजिक कार्यक्रमहरुमा प्रत्यक्ष अप्रत्यक्ष सहभागिता र समन्वय समेत पोखरेलले गर्ने गरेका कारण पनि यस क्षेत्रमा पोखरेल लोकप्रिय रहेका छन । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved